×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाने होइन त अर्काकी श्रीमती चोर्ने जात्रामा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जाने होइन त अर्काकी श्रीमती चोर्ने जात्रामा ?

Artha Sarokar

२५ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अफ्रिकाको सहेल रेगिस्तानमा बस्ने बोदाब्बे नामको एउटा जनजाति अनौठो जात्रा मनाउँछ । हरेक वर्ष आयोजना हुने गेरवोल जात्राका क्रममा त्यहाँका पुरुष खुबै श्रृंगारपटार गर्छन् र महिलालाई रिझाउँछन् । उनीहरूको लक्ष्य खासगरी विवाहित महिला हुन्छन् ।
पुरुषहरू महिलाको मन जित्न अनेकौँ हर्कत पनि गर्छन् । यो जनजातिका पुरुष हरेक समय आफूसँग ऐना बोकेर हिँड्ने गर्छन् पनि भनिन्छ ।
जात्रामा आफ्ना पतिलाई छलेर विवाहित महिला श्रृंगार गरी आएका पुरुषलाई हेर्छन् र मन पर्‍यो भने उनीहरूसँग भाग्छन् । यदि कुनै विवाहिता महिला पुरुषसँग भाग्न सफल भएमा उक्त समुदायका मानिस उनीहरूबीच विवाह गरिदिन्छन् ।
यो जनजाति सहेल रेगिस्तानका अलावा अफ्रिकाका देशहरू नाइजर, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिजन र नाइजेरियामा पनि पाइन्छन् । जात्राका क्रममा नाचगानको पनि व्यवस्था हुन्छ । अरू वेलामा छरिएर बस्ने यो जनजाति जात्राको क्रममा एकजुट हुन्छ । उनीहरू जात्राको कार्यक्रम सकेसम्म गोप्य राख्छन् । जात्राका क्रममा एउटा विशेष नाच पनि हुन्छन् जसमा पुरुष नाच्छन् र तीन महिला निर्णायक उनीहरूको एकल प्रदर्शनको मूल्यांकन गर्छन् । एजेन्सी –

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी