Skip to content
LAXMI SUNRISE BANK

बाबुरामलाई कार्यकर्ताको प्रश्न, ‘सक्छौ नेहरु विश्वविद्यालयबाट छोरी फर्काउन ?’

अर्थ सरोकार

एमाओवादी पार्टी परित्याग मात्र होइन, व्यवस्थापिका संसद सदस्य पदबाट समेत राजीनामा दिएका डा. बाबुराम भट्टराईले पार्टी छोड्न आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय दुतावासको विरोधमा केही शब्द खर्च गरेर साखुल्ले बने पनि उनको त्यो कुरा नक्कली भएको पुष्टि भएको छ । उनले पार्टी त्याग्दै गर्दा वाचन गरेको रेडिमेड मन्तव्यमा अब भारतीय दुतावासबाट पाइने छात्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने उल्लेख गरेका छन् । भनेका थिए, ‘अब चुनावमा दुतावासबाट पैसा माग्ने, दुतावासमा छात्रवृत्ति माग्ने, बिरामी हुँदा बिरामीको पैसा लिएर उपचार गराउने प्रवृति अन्त्य हुन्छ भन्नेमा म विश्वस्त छु ।’

आफैँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेर आएका भट्टराईले यसो भनेर दुतावासको छात्रवृत्तिको निररुत्साहनको भाषण ठोक्दा उनले आफ्नै छोरी मानुसी यमी भट्टराईलाई दुतावासको छात्रवृत्तिमा पढाइरहेको कुरा भने बिर्सिएको भन्दै तिव्र आलोचना भएको छ । एमाओवादी कार्यकर्ता भन्छन्, ‘हिम्मत छ भने छोरीलाई फिर्ता बोलाएर बाबुरामले उदाहरण देखाउन् ।’

कता छिन् मानुसी ?

भट्टराई पुत्री मानुसी दिल्लीस्थित इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आइसीसीआर) अन्तर्गतको छात्रवृत्तिमा एमफिल दोस्रो वर्षमा शोधार्थीका रुपमा अध्ययनरत छिन् । मानुसीले त्यहाँ विद्यावारिधी गर्ने योजना बनाइरहेकी छिन् ।

गरिबका छोराछोरीलाई पढ्ने बेलामा बन्दुक बोकाएर आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै आलोचना भएपछि उनले अब स्वदेशमै पढाउने प्रतिवद्धता जनाएका थिए । ‘अब विदेशमा नपठाउने भन्दै मुलुककै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयमा भर्नासमेत गरेर स्वतन्त्र विद्यार्थी युनियनको राजनीतिमा समेत गर्न भ्याएकी मानुसीलाई भट्टराईले नै म्याद सकिएपछि दुतावासको शक्ति लगाएर भर्ना गराएको थाहा भएको छ ।

बुझिएअनुसार डा. भट्टराईले आइसिसिआरले भर्ना लिन नमानेपछि भारतीय गुप्तर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ कै पावर लगाएका थिए । त्यसो त मानुसी आफैं राजनीति शास्त्रको त्रिभुवन विश्वविद्यालय कोे टपर विद्यार्थी हुन् । र, उनले अध्ययन गर्न चाहेको एमफिल नेपालमै नभएको पनि होइन ।

हिमालले गरेका थिए हिम्मत

अनेरास्वयियुका तत्कालीन अध्यक्ष हिमाल शर्माको छोरा सरल शर्मा चिनियाँ दुतावासको सौजन्यमा चिकित्सकको अध्ययनका लागि आफैँ नाम निकालेर गए पनि अन्तत पार्टीमा त्यसले विवाद जन्माएपछि शर्माले पढिरहेका छोरालाई नेपाल फिर्ता बोलाएका थिए । बाबुराम भट्टराईमा पनि साँच्चै त्यस्तो हिम्मत छ भने छोरीलाई फिर्ता बोलाएर मात्र राष्ट्रवादका नारा पूरा हुनसक्ने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK