
सर्वोच्च अदालतले विज्ञापनका नाममा राजधानीका सार्वजनिक स्थलहरुमा पोष्टर र पम्पेटहरु टाँस्न रोक लगाएको छ। सर्वोच्चले सार्वजनिक स्थलमा टाँसिएका पोष्टरले शहरको सौन्र्दयमा असर पुर्याएको भन्दै बुधबार यस्तो फैसला गरेको हो। नागरिक दैनिकमा समाचार छ ।
सर्वोच्चले यसअघि टाँसिएका पोस्टरहरु तत्काल हटाउन सरकारको नाममा समेत परमादेशको आदेश जारी गरेको छ। वातवरणीय विकास तथा संरक्षण कानुन मञ्चका तर्फबाट दायर रिटमा अन्तिम फैसला गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो। प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलाशले विज्ञापनमा नाममा सार्वजनिक स्थलमा टाँसिएका पोष्टरहरु हटाउन आदेश दिएको हो।
शहरको सन्दौर्य नै नष्ट हुने गरी रत्नपार्क, राष्ट्रिय सभा गृह, पुतली सडक, कलंकी, नयाँ बसपार्क, चावहिल चोक, एयरपोर्टलगायत काठमाडौं महानगरपालिकाका सम्पुर्ण क्षेत्रका पर्खालहरु, घरको कौशी, छाना, विजुलीको फलाम र सीमेन्टको पोलमा राजनीतिक, संघ संस्था र अन्य अनधिकृतरुपमा व्यवसायिक नारा, विज्ञानपन बोर्डहरु, विज्ञापनहरु सहितका भित्ते लेखन, पोष्टर, पम्पलेट टाँसिएको दाबी रिटमा गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्