कलैया : आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीचको झडपले बारा र वीरगञ्जमा हिंसात्मक रुप लिएको छ। वीरगञ्जमा चार र बारामा एक गरी पाँचजना आन्दोलनकारीको प्रहरीको गोली लागेर मृ्त्यु भएको छ।
वीरगन्ज झडपमा मुनियारीका धर्मराज सिंह, भोलाप्रसाद दिनानाथ शाह र सोहनसा कलबारको मृत्यु भएको छ भने कलैयामा प्रहरीको गोली लागेर २० वर्षिय हिफाजत मिया अन्सारीको ज्यान गएको छ। वीरगञ्ज र कलैयामा भइरहेको झडपमा थुप्रै घाइते भएका छन्।
मंगलवार बिहानैदेखि वीरगञ्ज र कलैया दुवै तनावग्रस्त छन्। एक ठाउँमा झडप सकिनसाथ अर्को ठाउँमा झडप सुरु हुने गरेको छ। प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँ झडप भएपछि स्थानीय त्रस्त छन्।
झडपका क्रममा प्रहरीले गोली चलाउदा वीरगन्जमा दर्जनभन्दा बढी घाईते भएका छन् । कलैयामा पनि प्रहरीले चलाएको रबरको गोली लागी तीन जना घाईते भएका छन् । स्थानिय प्रशासनले लगाएको कर्फ्यू उलंघन गर्दै प्रदर्शनमा उत्रिएका बन्दकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मंगलबार बिहान नारायणी उपक्षेत्रिय अस्पतालमा गोली चलाउदा तीन जना घाईते भएका थिए।
प्रहरीले गोली चलाउदा अस्पतालमा बिरामीको कुरुवा, अस्पतालका कर्मचारी र एक प्रहरी जवान घाईते भएका छन् ।यसैगरी गण्डकमा प्रहरीले चलाएको गोली लागी दुई जना घाईते भएका छन्। घाईतेको वीरगन्जस्थित अस्पतालमा उपचार भईहरको छ। गोली चलेसंगै वीरगन्जको स्थिती थव तनावग्रस्त बन्न पुगेको छ।

प्रदर्शनकारीले वीरगन्जस्थित आन्तरिक राजश्व कार्यलयको दुई वटा गाडीमा आगजनी गरेका छन् । त्यसैगरी कार्यलयभित्रको कागजपत्र समेत झिकेर आगो लगाइएको छ। बन्दकर्ताले वीरगन्ज भिस्वास्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा तोडफोड गरेका छन् । बेस क्याम्पको एउटा मोरसाईकलमा समेत बन्दकर्ताले आगो लगाएका छन् ।
प्रदर्शनकारी र प्रहरीबिच वीरगन्जको प्रतिमा चोक, नगवा, जयमंगलापुरलगायतका क्षेत्रमा अहिले पनि झडप भईरहेको छ । बारा र पर्साको क्षेत्र सोमबारको तुलनामा थप बिग्रिन पुगेको छ।
यसैगरी कलैयास्थित भरतचौकमा प्रदर्शनकारी र प्रहरीबिच बिहानैदेखी झडप भईरहेको छ । झडपले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाउदा कलैयामा रामबाबु यादव, किशोर पाण्डे र राजु अंसारी घाईते भएका छन् ।
गोली लागेका तीन र झडपका परी घाईते भएका ८ जनाको कलैयास्थित अस्पतालमा उपचार भईरहको छ । प्रदर्शनकारीले परवानीपुरमा तेल बोकेको ट्रकमा आगजनी समेत गरेका छन् । राजमार्गमा अवरोध पुर्याएका प्रदर्शनकारीले ना३ख ८७२१ नम्बरको ट्रक जलाएका हुन् । आगजनीबाट ट्रक पूर्णरुपमा जलेको छ ।
बन्दकर्ताले बारा र पर्साका राजमार्गमा पोल, हयूम पाईप, ढुंगा राखेर सडकमा अवरोध पुर्याएका छन् । बिभिन्न स्थानमा टायर बालेर प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्