
काठमाडौँ, १८ भदौ
सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष महतोले संसद् भवनमा चलिरहेको छलफलबाट अगाडि बढ्ने भन्ने कुरालाई छल गरेर फल निकाल्ने काम मात्र भएको बताउँदै विभिन्न ठाउँमा परिचालन गरिएका नेपाली सेनालाई फिर्ता नबोलाउँदासम्म र निषेधाज्ञा नहटाउँदासम्म वार्ताको सम्भावना नरहेको बताए।
उनले आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने, घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्नेलगायतका माग गरे ।
पछिल्लो समयमा आन्दोलन उत्कर्षमा पुगिरहेका बेला आन्दोलनलाई शान्तिपूर्ण र साम्य पार्नुको साटो उल्टै आन्दोलन चर्काउने खेलमा लागिरहेको समेत आरोप लगाए । अध्यक्ष महतोले विगतको सम्झौतालाई भुलेर संविधान निर्माण प्रक्रियामा मुख्य दलहरु होमिएका कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको बताए ।
अध्यक्ष महतोले अहिलेकै प्रक्रियाबाट संविधान बन्ने भए त्यो संविधान प्रतिगामी संविधान हुने बताउँदै त्यो आफूहरुलाई कुनै पनि अवस्थामा मान्य नहुनेसमेत प्रष्ट परे । सीमाङ्कनको विषयमा बोल्दै उहाँले झापादेखि नारायणीसम्मको एक प्रदेश र नारायणीदेखि कञ्चनपुरसम्मको अर्को प्रदेश हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा नामाकरणमा कुनै आपत्ति नभएको बताए।
उनले नेपाली जनताले रगतको खोला बगाएर विगतको आन्दोलनबाट प्राप्त गरेको उपलब्धिलाई अहिले वास्ता नगरिएका कारण फेरि पनि त्यही उपलब्धिका लागि अहिले सडकमा आउनुपरेको बताए । ”
उहाँले देशमा भएको ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन तथा अन्य आन्दोलनको मर्म तथा भावना सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण गर्ने भएकाले सङ्घियताबिनाको संविधान आए त्यो अपुरो हुने बताए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा चौथो पटक निषेधित क्षेत्र घोषणा गरेको छ ।
कार्यालयले आज साँझ ६ बजेदेखि आगामी भदौ २४ गते साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्