
हुनत भारतीय एजेण्डा बोकेको भनेर आलोचना खेपेका मधेसवादी दल र मधेसवादी दलको एजेण्डा बोकेको भन्दै उनको यसअघि पनि पाटी भित्र र बाहिरबाट समेत चर्को आलोचना हुँदै आएको थियो । उनी मधेसको आन्दोलनको समर्थन जनाउन शुक्रबार जनकपुर जाने कार्यक्रम थियो । स्थानीयले बाबुराम आएको खण्डमा जुत्ताको माला लगाएर स्वागन गर्ने भने सँगै उनी जनकपुर त गएनन नै तर शनिबार आयेजित पत्रकार सम्मेलनमा पार्टी परित्याग गरेको घोषणा गरे । यो घोषणसंगै उनको असलि चरित्र उदाङ्गिएको भन्दै उनको तिव्र आलोचना सामाजिक सञ्जालका भित्ताभरी छाएको छ ।
विगत देखि नै सामाजिक सञ्जालमा आलोचित हुदै आएका भट्टराईलाई यस पटक पनि उस्तै आलोचनना गरिएको पाइन्छ । उनले पार्टी छोडेको घोषणा गरे लगत्तै एकजना सामाजिक सञ्जाल प्रयोकर्ताले त उनलाई ‘भारतले फिर्ता बोलाएको’ समेत संज्ञा दिए । फेसबुकमा लेखेका छन्, भारतले नेपालका लागि भारतीय राजदुत रञ्जित राय र डा. भट्टराईलाई फिर्ता बोलाएको छ ।’
बाबुरामको प्रतिक्रिया सँगै नागरिक अधिकारकर्मी कनक मणीदिक्षितले टविट् गर्दैै भनेका छन्, ‘पार्टी परित्यागगर्दा बाबुरामले धेरै कुरामा प्रतिबद्धता जनाए, कानुनी राज र मानव अधिकारमा अहँ।न ुजनयुद्धु मच्चाएकोमा माफी मागे जनता संग ।’ त्यस्तै सञ्चारकर्मी मात्रृका पौडेलले फेसबुकमा स्टाटस लेखेका छन्
‘बाबुराम भट्टराईद्वारा एमाओवादी पार्टी र गोरखा क्षेत्र नम्बर १ को सांसद सदस्य पदबाट राजीनामा। जाँदा जाँदै बाबुरामले भने माओवादी भत्केको गोठ हो,अब प्रचण्डकहाँ फर्किन्न,साइकल चढ्ने र टुकी बाल्ने राष्ट्रवाद प्रचण्डलाई मुबारक ।’
त्यस्तै सञ्चारकर्मी पुष्प दुलालले लेखेका छन्, ‘ देश टुक्र्याउँछु भन्थे, सकेनन् । लास्टाँ त पार्टी पो टुक्र्याए हौ बाउरामले ।’ त्यस्तै सञ्चारकर्मी ज्ञानेन्द्र खण्डकाले टविट् गर्दैै भनेका छन्, ‘दक्षिणको आज्ञा मान्दै बाबुरामले एमाओवादी पार्टी छाडेकाछन् । अब मधेसका शेरहरुलाई जगाएर आन्दोलनको आगो बाल्ने रे । ’
एमाओवादी महासचिव कृष्ण बहादुर महराका छोरा राहुल महराले लेखेका छन,् भिरमा लडन जाने गोरुलाई राम राम भन्न सकिन्छ काध नै थाप्न सकिन्न ।
यस्तै एमाओवादी अध्यक्ष पुष्कमल दाहालका पुत्र प्रकाशले भनेका छन्, ‘जे गर्न हून्थेन त्यहि गरेपछि । अझैपनि केहि बिग्रेको छैन । भारतले चौतर्फि घेरा हालिरहेको बेला हामी ३ करोड नेपाली त्यसका विरुद्ध एकताबद्द भएर मुकाबिला र सामाना गर्ने बेला पार्टी परित्याग गरेर राम्रो भएन । मधेश लगायत समास्याको राजनैतिक समाधान भईरहेको बेल यो गर्नु कुनै हालतमा ठिक भएन । वास्तवमा बाबुराम भट्टराईको मांग के हो रु म सबै कमरेड साथीहरुलाई विचलित नहून अनुरोध गर्दछु र भारतको हस्तक्षेपकारी नितिको डटेर मुकाबिला गरि राष्ट्रको आत्मनिर्णयको अधिकारलाई सुनिश्चितता गर्न अनुरोध गर्दछु । भारतको संबिधान विरोधी कृयाकलाप र बाबुरामको अहिलेको स्टेपले कतै नै कतै योजनामै भन्ने प्रमाण भएको छ । ब्याक अफ इण्डीया ।
– See more at: http://www.nepalese.org/article/2015/09/26/27324/#sthash.SJtHD50V.IIdHMsO4.dpuf