
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपाललाई नाकाबन्दी गर्नै नसक्ने बताएका छन् । नेकपा एमालेले संविधान जारी भएको उपलक्ष्यमा आयोजना गरेको जलपान समारोहमा बोल्दै अध्यक्ष ओलीले नेपाल भुपरिबेष्ठीत मुलुक भएकाले नेपालसँग केही अन्तर्राष्ट्रिय अधिकार भएकाले भारतले यस्तो गल्ती गर्नै नसक्ने बताए ।
अध्यक्ष ओलीले नेपालमा संविधान जारी हुँदा भारत रिसाउनुपर्ने कुनै कारण नभएको र नेपवाल भारत सम्बन्ध थप बलियो भएकाले यस्तो कल्पना गर्न नहुने बताए ।
अध्यक्ष ओलीले भारतले नाकाबन्दी गरे आफुहरु पनि हेरेर नबस्ने, समस्या समाधानकालागि भारतसँग कुरा गरेर अघि बढ्ने बताए ।
ओलीले भारतले नेपाली ट्यांकर आन्दोलनका कारण असुरक्षीत हुन सकने भएकाले सुरक्षाकालागि केही समय रोकेको हुनसक्ने बताए ।
कार्यक्रममा पुगेका प्रधानमन्त्री कोइरालाले कुनै प्रतिक्रिया नदिए पनि कांग्रस उपसभापति रामचन्द्र पौडेलले भने यस विषयमा भारत सरकारसँग वार्ता भैरहेको बताए । भारतले हिजो विज्ञप्ती नै जारी गरेर नाकाबन्दीको चेतावनी दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्