×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीजका सामान किन्न गएकी शोभा बजारमै ढलिन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तीजका सामान किन्न गएकी शोभा बजारमै ढलिन्

Artha Sarokar

२६ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आरपी सुवेदी

२६ भदौ, नेपालगञ्ज । शुक्रबार जतिखेर महोत्तरीमा सशस्त्र प्रहरीका घाइते असई थमनबहादुर बिकलाई एम्बुलेन्सबाट निकालेर आन्दोलनकारीले हत्या गरे, त्यसबेला उनकी पत्नी शोभा बिक नेपालगञ्जमा तीजका सामान किन्न व्यस्त थिइन् ।

‘तीजमा म घर आउन पाउँदिन, तिमीले सबैलाई बोलाएर दर खुवाउनू’ असई बिकले विहीबार मात्रै पत्नी शोभालाई फोन गरेर यस्तो सन्देश दिएपछि उनी शुक्रबार बजारमा तीजका सामान किन्न गएकी थिइन् ।

आन्दोलनकारीको आक्रमणबाट थमनको मृत्यु भएको खबर दिउँसो टीभीमा छिमेकीले सुनेपछि शोभालाई सुनाएका थिए । त्यसपछि शोभा बजारमै मूर्छित भइन् ।
घाइते बिकलाई अस्पताल लगिरहेका बेला आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर भाटाले पिटेर शुक्रबार हत्या गरेका थिए ।

थमन सशस्त्र प्रहरीबाट युएन मिसनमा जानका लागि हेटौडामा आन्तरिक परीक्षा दिएर कार्यक्षेत्र महोत्तरीमा खटिएका थिए । शान्तिपूर्ण आन्दोलनको दाबी गर्ने मधेसी मोर्चाका कार्यकर्ताले एम्बुलेन्सबाट झिकेर बिरामी अवस्थाका बिकलाई भाटाले कुटीकुटी हत्या गरे ।

शान्ति टोलमा मूर्दा शान्ति !

आन्दोलनकारीको आक्रमणमा परी मत्यु भएका विकको परिवार यतिबेला शोकमा डुबेको छ । मृतक असईकी आमा, श्रीमती र तीन वर्षको अवोध बालकले घटना सार्वजनिक भएदेखि अहिलेसम्म रोएका रोयै छन् । गाउँलेहरु पनि शोकमग्न छन् ।

Thana-Bk-Family

हत्याको घटना सार्वजनिक भएलगत्तै नेपालगञ्ज उप-महनागरपालिका-२५ शान्तिटोलमा रहेको टिनले छाएकोे सानो घरमा मानिसको भीड र रुवाबासी छ । थमनकी पत्नी शोभा विकलगायत उनको परिवार गहिरो शोकमा छन् ।

‘तीजमा सबैलाई बोलाएर खुवाउनुभन्दै अस्ति (बिहीबार) साँझ बाबुले देउरानीलाई भन्नुभएको रैछ, त्यसैअनुसार उनी हिजो किनमेलका लागि बजार गएकी थिइन्’-नजिकै रहेकी थमनकी भाउजू कमला बिकले आँशु झार्दै भनिन्- ‘घटना थाहा पाएदेखि शोभा, सानो बाबु, र सासूलगायत हामी सबैको निद्रा भोक सबै हराएको छ ।’
घटना भएको २४ घण्टा हुँदा पनि शव घरमा आइनपुग्दा आफूहरु झनै मर्माहत भएको उनले बताइन् ।

थमनका दाजु बैदेशिक रोजगारीमा छन् । केही दिन अघिमात्रै विदेशमा रहेका आफ्ना पति मदन र थमनबीच करिव आधा घण्टाजति कुरा भएको सम्झँदै भाउजूले भनिन्- ‘दाजुले पनि आफ्नो सुरक्षा गर्दै अवस्थालाई ख्याल गर्नु भन्नुभएको थियो, बाबुले चिन्ता नलिनु दाइ भन्नुभएको थियो ।’

घटनापछि पत्नी शोभा र वृद्धा आमा मैमीदेवी विक अर्धचेत अवस्थामा छन् । तीन वर्षका छोरा सुबोध रुँदै आमालाई उठाउने र बोलाउने प्रयत्न गरिरहेका छन् ।

थमनका काका ससुरा अमोल गहतराजले आफुहरुले साँचो सूचना नपाउँदा झनै पीडा थपिएको बताए । उनले भने-‘कहिले शव लिएर हेलिकप्टर आउँदै छ, कहिले एम्बुलेन्समा नै ल्याउन लागेको छ भनेर भन्ने मात्र सुनिन्छ, यकिन अवस्था थाहा पाउन पाए अलिकति भए पनि पीडा कम हुने थियो ।’

गहतराजले घाइतेलाई एक्लै उपचार गर्न पठाउने प्रहरी प्रशासनको लापरवाहीको कारण नै आफ्नो ज्वाइँको ज्यान गएको बताए । उनले भने- ‘लापरवाही अति नै भएको देखिन्छ, सुरक्षा स्कटिङ्ग गरेको भए घटना हुने थिएन कि ?’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी