Skip to content
LAXMI SUNRISE BANK

चार करोडमा यथावत रह्यो ‘धर्म निरपेक्षता’

अर्थ सरोकार

अन्तरिम संविधान २०६३ मा नेपाली जनताको चाहना विपरित जबर्जस्त लादिएको धर्म निरपेक्षतालाई नयाँ संविधानमा पनि अन्तत कायम गरेरै छोडिएको छ ।
काँग्रेस, एमालेका शिर्ष नेताहरु संविधानमा धर्मको सवालमा केही पनि उल्लेख नगरी तटस्थ राख्न सहमत भएपनि संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेङ्वाङको अडानकै कारण धर्म निरपेक्षता कायम भएको बुझिएको छ । त्यअघि नै पश्चीमा पादरीहरुको संस्थाबाट एकमुष्ट चार करोड रुपैँया बुझिसकेकाले उनकै अडानकै कारण धर्म निरपेक्षता कायम भएको स्रोतको दावी छ ।
मस्यौदाका लागि अन्तिम गृहकार्य भइरहँदा धर्म निरपेक्ष शव्द हटाउने सबालमा एकमत देखिएको थियो । एमाओवादीका महासचिव कृष्णबहादुर महरा बाहेक माओवादी नेताहरुले पनि खुलेआम ‘मुलुक धर्ममा निरपेक्ष होइन सापेक्ष बन्नुपर्छ’ भन्ने मत राखेका थिए । अंग्रेजी अनुवादमा गल्ति भएको भन्दै एमाले अध्यक्ष केपी ओली र काँगेस सभापति सुशिल कोइराला पनि उक्त शब्द हटाउन सहमत भएका थिए । तर सभाध्यक्ष नेङ्वाङले ‘कुनै पनि हालतमा अब पछाडि फर्कन मिल्दैन, त्यसो भएमा यहाँ बबण्डर हुन्छ’ भन्दै चेतावनी दिएर धर्म निरपेक्षता शब्द काट्न नदिएको एक मस्यौदा कार्यदलका सदस्यले नेप्लिज समाचारलाई बताए ।
किन कायम गरियो धर्म निरपेक्षता
धर्म निरपेक्षताको अर्थ समेत नबुझेका र जातीय तथा राजनैतिक पूर्वाग्रह बोकेको यस्तो अविवेकी भीडले नेपाली जनता धर्म निरपेक्ष छन् भनेर निर्णय गरेको भन्दै तत्कालै विरोध भएको थियो । तर त्यतीबेला क्रिश्चीयनको पैसा खाएकाहरुले त्यस विचारलाई पश्चगामी विचार भनेर तर्क गरे । त्यसो त २०६२/६३ को जनआन्दोलनको एजेण्डा पनि धर्म निरपेक्षता थिएन । सन् २०२० सम्म नेपाललाई पूर्णइसाई राज्यमा रुपान्तरित गर्न ‘टोल टोलमा चर्च’को उद्देस्यसंग नेपालभरी क्रियाशील इसाई मिशनरीहरू धर्म निरपेक्षको पक्षमा खुलेर लागे भने पादरीबाट गोप्य रुपमा आर्शिवाद दिएका एमाओवादी महासचिव महराले मुलुकलाई कुनै हालतामा पछाडि फर्कन दिंदैनौ भनेर भाषण समेत ठोके । धर्म परिवर्तनको यस्तो त्रासदी नेपालले कहिल्यै भोग्नु परेको थिएन ।
इतिहासमा पहिलो धर्म निरपेक्ष देश ‘अमेरिका’ हो भने पछिल्लो नेपाल । बिश्वमा ७२ धर्म निरपेक्ष राज्य छन् भने बाकि धर्म सापेक्ष । जसमा ४७ मुस्लिम देश, २० इसाई देश, १६ बुद्धिस्ट देश र एउटा यहुदी देश रहेका छन् ।  बिश्वमा १.०९ बिलियन इसाई, १.५७ बिलियन मुसलमान, हिन्दु १ बिलियन, चौथोमा ४८८ बुद्धिस्ट मिलियन र अन्य गरी सबै भन्दा बढी इसाई छन् । यसरी तेस्रो ठूलो जनसंख्या हिन्दुको भए तापनि तिनको आफ्नो देश छैन । नेपालको ८२ प्रतिशत जनसंख्या हिन्दूहरुको भए तापनि आजभोली हिन्दुहरुको जनसंख्या न्यून देखाउन चलखेल भइरहेको छ ।
धर्म निरपेक्ष लेखिएको धारा च्यातियो
हिन्दु राष्ट्र स्थापनाको माग राख्दै लामो समयदेखि आन्दोलनरत राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले धर्म निरपेक्ष संविधान बहिस्कार सहित धर्म यूद्धको घोषणा गरेको छ ।
१७ दिन सम्म राजधानीको खुल्ला मञ्चमा आमरण अनसन कार्यक्रम आयोजना गरेको मञ्चले सोमबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले आफूहरुसँग सहमति गरेर ३६ घण्टा भित्र हिन्दु राष्ट्र कायम गर्ने प्रतिबद्धता ब्यक्तगरे पनि धोका दिएर धर्म निरपेक्ष संविधान जारी गरेको भन्दै त्यसलाई उल्टाउन दिर्घकालिन धर्म यूद्धको घोषणा गरिएको स्पष्ट पारिएको हो । पत्रकार सम्मेलनमा नै मञ्चले धर्म निरपेक्ष लेखिएको धारा ४, धर्म परिवर्तनको ब्यवस्था गरिएको धारा २६ लाई च्यातेर यूद्धको घोषणा गरिएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय हिन्दु युवा आन्दोलन नेपालका संयोजक सागर कटुवालले षडयन्त्रमुलक रुपमा हिन्दु राष्ट्र हटाईएको भन्दै आफूहरु अब हिन्दु राष्ट्र पुन स्थापित नहुन्जेलसम्म हिन्दुबादी संघ सस्थाहरुलाई गोलबन्द गरेर धर्म यूद्धमा जाने चेतावनी दिए । यद्यपि उनले आफूहरुको आन्दोलन अहिंसात्मक हुने स्पष्ट पारे ।
राष्ट्रिय हिन्दु यूवा मञ्च नेपालका संयोजक प्रेमनिधी भारद्धाजले धर्म निरपेक्षता मुलुकप्रतिको गद्दारी भएको भन्दै संविधान पारित गर्दा तालि बजाउने सभासदहरुलाई समेत गद्दार घोषणा गरे । उनले सबै हिन्दुबादीहरुलाई एकजुट बनाएर धर्म यूद्ध गर्ने बताए । नेप्लिज डट ओआरजीबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK