×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसुवागढी नाका केही दिनमै खुल्ने, नेपालतर्फ सबै तयारी सकियो, चिनमा पहिरो तीन दिनमा हटाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रसुवागढी नाका केही दिनमै खुल्ने, नेपालतर्फ सबै तयारी सकियो, चिनमा पहिरो तीन दिनमा हटाइने

Artha Sarokar

१० आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पहिरोले अवरुद्ध चीनतर्फको रसुवागढी नाका खोल्ने तयारी अन्तिममा पुगेको छ । नेपालतर्फ यो नाका सञ्चालन गर्न सबै तयारी पुरा भएपनि चीनको भागमा पहिरो गएपछि नाका खुल्न केही ढिलाइ भएको हो ।

नेपालमा सामान आयात गर्न वैकल्पिक मार्गका रुपमा हेरिएको यो नाका सञ्चालन गर्न चीनले नै जोड दिँदै आएको थियो । चिनियाँ भूभागमा गएको पहिरो हटाउने काम चीव्र रुपमा भइरहेको र छिट्टै नाका खोल्ने जवाफ चीनले नेपाललाई दिएको छ ।

‘चिनियाँ भूभागमा पहिरो गएकाले बाटो अवरुद्ध भयो, उनीहरुले तीव्र रुपमा काम भइरहेको र छिट्टै नाका खोल्ने जानकारी मलाई दिएका छन्,’ वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बिजमाण्डूसँग भने, ‘सोमबार विहान म फेरि दूतावासबाट यसको अपडेट लिन्छु । उनीहरुले सकेसम्म छिटो गर्छौं भनेर मलाई भनेका छन् ।’

रसुवागढी आउने चीनतर्फको नागबेली खण्डमा पहिरो गएको र एउटै पहिरोले बाटोको चार ठाउँमा क्षति पुर्‍याएकाले नाका खोल्न कठिनाइ भएको उनले जानकारी दिए । ‘बाटो बन्ने बित्तिकै हामी सामान पाठउछौं भनेर उनीहरुले भनेका छन्,’ उपाध्यायले भने, ‘पहिले त बाटो बनाइसक्नु पर्‍यो अनि मात्रै सामान ल्याउन सकिएला ।’

रसुवागढी भन्सार कार्यालयले भने चीनबाट सामान आए जाँच पास गर्न कुनै समस्या नभएको जनाएको छ । भन्सार प्रमुख केदार पनेरुले चीनले जति सामान पठाए पनि जाँचपास गर्न सक्ने अवस्थामा आफूहरु रहेको जानकारी दिए ।

‘हाम्रोतर्फ अब कुनै समस्या छैन, बाटोमा भएका समस्या पनि समाधान गरेका छौं,’ पनेरुले बिजमाण्डूसँग भने, ‘चीनले जति गाडी पठाए पनि काम गर्न सक्ने अवस्थामा अब भन्सार कार्यालय छ । सामान आए काठमाडौं पठाउन सक्छौं ।’

आइतबार रसुवाका सुरक्षा प्रमुखसहित भन्सार कार्यालयका प्रतिनिधिको बैठक बसेको थियो । यो बैठकले भन्सार तत्लका सञ्चालनमा ल्याउने र अवरोध हटाउन सबै मिलेर लाग्ने निर्णय गरेको थियो ।

‘रसुवागढीबाट काठमाडौंसम्म बाटो सधैं सञ्चालनका लागि जलविद्युत आयोजनाको स्काभेटर तयारी अवस्थामा राख्ने र नुवाकोट खण्डको बाटोको जिम्मा सडक विगभाले लिएर काम गर्ने निर्णय भएको छ,’ पनेरुले भने, ‘अहिले बाटोमा कुनै समस्या छैन । एकदुई ठाउँमा भएका अवरोध पनि हटाइसकेका छौं ।’

रसुवागढी नाकामा चीनले बनाएको भन्सार कार्यालय

उनले नेपालतर्फको बाटोको बारेमा चिनियाँ पक्षलाई जानकारी गराइएको पनि बताए । स्थानीयस्तरमा समस्या नरहेकाले अब वाणिज्य मन्त्रालयले चीनसँग छलफल गरी सामान आयात थाल्नुपर्ने उनले बताए ।

भारतले नेपालमा सामान आउने सबै नाका बन्द गरेपछि चीनबाट सामान आयात गर्न सकिने नयाँ नाकाको खोजी भइरहेको थियो । सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पका कारण बन्द भएपछि रसुवागढी खुलाउन चीन र नेपाल दुवै पक्षले पहल गर्दै आएका थिए ।

यो नाका खुलेसँगै चिनियाँ भूमीबाट १ सय ५० किलोमिटर दूरीमा काठमाडौं सामान आइपुग्छ । रसुवागढीमा टेलिफोनको समस्या भएपछि नेपाल टेलिकमले सोमबार सिडिएमए मोवाइलको टावर स्थापनाको काम थाल्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी