Skip to content
LAXMI SUNRISE BANK

जनता गोली खाँदै, नेता रिसोर्टमा रमाउँदै

अर्थ सरोकार


तराई–मधेसमा दैनिक प्रहरीको गोलीले निर्दोष मधेसी जनताको ज्यान गइरहेको बेला उनीहरुलाई गोली खान उकास्ने मधेसी मोर्चाका नेता भने विगत चारदिनदेखि भैरहवाका विभिन्न रिसोर्टमा रमाइरहेका छन् ।
शुक्रवार भैरहवामा सभा सकेर मात्र फर्कने विचारमा रहेका मेधेसी मोर्चाका नेताहरु त्यहाँ बसेर ‘काठमाडौको दानापानी बन्द अभियान’ योजना बुनी रहेको श्रोतले बताएको छ । नेता उपेन्द्र यादव वसन्तपुरस्थित रेडिसन रिसोर्ट, महन्थ ठाकुर होल निर्वाण, राजेन्द्र महतो होटल पवन इन्टरनेशनलमा बसिरहेको बताइएको छ । बिहीवार उपेन्द्र यादव बसेको रिसोर्टमा मोर्चाको बैठक बसेको थियो र भैरहवामा पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलनमा तीनदलद्वारा आव्हान वार्ता प्रस्ताव वारे मोर्चाको धारणा सार्वजनिक गरिएको थियो । तर, सो बैठकमा खास छलफल भने काठमाडौलाई नाकाबन्दी गर्ने योजना कसरी सफल पार्ने भन्ने मै केन्द्रित रहेको बताइएको छ । मोर्चाका नेताहरुले मुख्य भन्सार नाका भएका सहरमा आन्दोलनलाई सशक्त बनाउने र भन्सार ठप्प पार्ने योजना बनाएको बुझिएको छ ।
महिना दिनमा ३० वढीको मृत्यु भइसेको मधेस आन्दोलनलाई वार्ता र सहमतिको माध्यमले बिसाउनेभन्दा आन्दोलन अझ चर्काएर अझ रगत बगाउने खेलमा मोर्चा लागेको छ । मधेस आन्दोलनलाई सशक्त बनाउन उनीहरुले कार्य विभाजनसमेत गरेका छन् ।
सो कार्य विभाजन अनुसार राजेन्द्र महतो र महेन्द्र यादवले ‘काठमाडौंको दाना पानी बन्द अभियान’ को कमाण्ड सम्हाल्ने छन् भने महन्थ ठाकुर काठमाडौंमा बसेर कुटनीतिक नियोगहरुको ध्यानाकर्षण गराउने छन् । त्यस्तै अशोक राईसंग पार्टी एकिकरण गरेर पहाडमा साइनो गास्न पुगेका उपेन्द्र यादव पहाडकै जनजातीको आन्दोलन उकास्दै राज्यको ध्यान मधेसमा मात्र केन्द्रित हुन नदिने योजनाकासाथ पहाड खटिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK