Skip to content
LAXMI SUNRISE BANK

संविधानको खुशियालीमा दिपावली गर्नेलाई भौतिक कारवाही गर्ने सभासद्को चेतावनी

अर्थ सरोकार

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य एवम सभासद् मो. मुस्ताक आलमले बन्दुकको भरमा निमार्ण भई रहेको संविधानको खुशियालीमा अगामी ३ गते दिपावली गर्नेलाई भौतिक कारवाही गर्ने ठाडो चेतावनी दिएका छन् ।

गृह जिल्ला रौतहटको मठिआ महुलिआमा बिहिवार साँझ आयोजित स्वर्गीय राजकिशोर ठाकुरको श्रदाञ्जली सभामा प्रमुख अतिथिको रुपमा बोल्दैं उनले चार दर्जन बढि मधेशीको हत्या गरेको सरकारले बलपूर्वक निमार्ण गर्न लागेको संविधानको अवसरमा खुशियाली मनाउनेहरुलाई भौतिक कारवाहीको चेतावनी दिएका हुन् ।

उनले तीन दलका नेताहरुको अगुवाईमा निमार्णमा हुन लागेको संविधानको आयु मात्र ३ महिना रहेको दावी गरे छन् ।

देशको पचास प्रतिशतको हाराहारीमा रहेका मधेशी जनताको सपुत छोराहरुलाई निर्मम हत्या गरेर मधेशीको लाशमाथि ठड्याउन लागेको संविधानलाई मधेश र मधेशीलाई कुनै हालतमा मान्य नहुने सभासद् आलमले बताएका छन् ।

सिमांकन, समानुपातिक समावेशी, अन्तरिम संविधान अनुसार निर्वाचन क्षेत्र कायम र स्थानिय भाषाले मान्यता पाउनुपर्ने मांग संविधानमा समावेश नभए सम्म मधेश आन्दोलन जारी रहने उनले जनाएका छन् । मधेशको जायज मांग विपरित पार्टी अध्यक्ष बिजय कुमार गच्छदारले सरकारसंग सहमति गरेमा आफूले पार्टीको कुनै व्हीप नमाने उदघोष गरेका छन् । साथै मधेशमा जारी आन्दोलनलाइ शान्तिपूर्णरुपमा थप प्रभावकारी बनाउन पार्टी कार्यकर्तालाइ निर्देशन दिएका थिए ।

जारी मधेश आन्दोलनको क्रममा गत ८ गते प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका २० वर्षीय राजकिशोर ठाकुरको संझनामा मठिआ स्थित उनकै नामले प्रवेशद्वार निर्माण गर्ने सभासद् आलमले प्रतिब्दता जनाएका छन् । स्वर्गिय ठाकुरको पिता महेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा जिल्लाका हजारौं मानिसको सहभागिता रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK