×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि कोटा प्रणालीमा इन्धन वितरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आजदेखि कोटा प्रणालीमा इन्धन वितरण

११ आश्विन २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल आयल निगमले सोमबारदेखि कोटा प्रणालीमा इन्धन वितरण गर्ने भएको छ । भारतले आपूर्तिमा अवरोध गरेपछि मौज्दात इन्धन लामो समयसम्म पुर्‍याउन निगमले कोटा प्रणाली लागू गर्न लागेको हो ।

निगमका प्रवक्ता दीपक बरालले निजी सवारीसाधनतर्फ मोटरसाइकललाई प्रतिसाता तीन लिटर र चारपांग्रे सवारीसाधनलाई प्रतिसाता १० लिटर इन्धन उपलब्ध गराइने जानकारी दिए । प्रवक्ता बरालका अनुसार सार्वजनिकतर्फ ट्याक्सीलाई १० लिटर, माइक्रोबसका लागि १५ लिटर, मिनीबसका लागि २० लिटर र ठूला बसका लागि ३० लिटर कोटा तोकेको छ ।

सार्वजनिक सवारीसाधनले जोरबिजोर प्रणालीअनुसार चलेको दिन इन्धन भर्न पाउने व्यवस्था गरिएको छ । निगमले इन्धन वितरण गरेपछि सम्बन्धित सवारीधनीको ब्लुबुकमा विवरण राख्ने व्यवस्थासमेत गरेको जनाएको छ । कोटा निर्धारणपछि मौज्दात इन्धनले १५ दिनसम्म धान्न सक्ने अनुमान गरिएको प्रवक्ता बरालले जानकारी दिए ।

‘खुला गर्ने हो भने मौज्दातले एक दिन पनि धान्न सक्दैन,’ उनले भने, ‘जोहो गरेर पुर्‍याउने हो भने १५ दिनसम्म धान्न सकिन्छ ।’ हवाई कम्पनीलाई पनि नेपालमा इन्धन बचाउन र नजिकका विमानस्थलसम्म पुग्ने इन्धन मात्र भरेर जान आग्रह गरिएको बरालले बताएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: