×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरे संभव छ: बाख्राको दूध बेचेर मासिक डेढ लाख कमाउने किसानको कथा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गरे संभव छ: बाख्राको दूध बेचेर मासिक डेढ लाख कमाउने किसानको कथा

२० भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

गाइभैंसीको दूध बेचेर कृषकले लाखौं कमाएको समाचार त पक्कै पनि तपाईले सुन्नु/पढ्नु भएकै थियो । तर, आज हामी तपाईलाई बाख्राको दूध बेचेर लाखौ कमाउने किसानको रामकहानी पस्कदैछौं ।
बाख्राको दूध र दूधबाट चिज उत्पादन गरी मासिक लाखौ कमाउने किसान हुन्, मकवानपुरको चित्लाङका अशोककुमार सिंह ठकुरी । फ्रान्सको पेरिसमा पाएको २ लाखको जागिर छोडेर १२ वर्षअघि स्वदेश फर्किएका ठकुरीले बाख्रा पालेरै महिनाको डेढ लाख आम्दानी गर्दै आएका छन् ।
स्वदेशमा रोजगारी पाइएन भन्दै खाडीमा मजदुरी गर्न जानेहरूलार्इ ठकुरीको सफलताले चुनाैति दिएको छ । के गर्ने होला भनेर अलमलमा रहेका युवाहरूलार्इ भने यो कथा सम्मृद्वितर्फको प्रवेसद्वार हुनसक्छ ।
२०५९ मा फ्रान्सन्समा बाख्रापालन तालिम लिएका ठकुरी स्वदेश फर्किएर चित्लाङमा बाख्रा फार्म सुरु गरे । हाल उनको फार्ममा विभिन्न जातका १ सय बढी बाख्रा छन् । फार्ममा १३ वटा सानन, २५ वटा सानन क्रस र बाँकी खरी र जमुना जातका बाख्रा रहेको उनले सुनाए ।  २ वर्षपछि मासिक ३ लाख कमाउने योजना रहेको ठकुरीले सुनाए ।
ठकुरीले चित्लाङमा स्थापना गरेको बाख्राको दूधबाट चिज उत्पादन गर्ने कारखाना नेपालकै निजी क्षेत्रको पहिलो कारखाना हो । उनले सात जनालाई रोजगारी दिएका छन् । फ्रान्स जानुअघि ठकुरी लामो समय बेल्जियम बसेका थिए ।
पायल्स र क्यान्सरबाट जोगिन बाख्राको चिज
बाख्राको दूधबाट उत्पादित चिज नियमित खानाले पायल्स आजीवन नहुने र क्यान्सर रोगसँग लड्न सक्ने क्षमता ९० प्रतिशतमाथि हुने ठकुरीले दाबी गरे ।
मानव स्वास्थ्यका लागि हितकर भएपछि विश्वभर बाख्राको दूधबाट उत्पादित चीजप्रति आकर्षण बढ्दो छ । उनको फार्मममा सानन जातका बाख्रा छन् । यो जातको बाख्रा संसारभर दूध उत्पादनका लागि प्रसिद्ध मानिन्छ ।
चार लिटर दूधको एक किलो चिज
चार लिटर दूधबाट एक किलो चिज बनाउने उने जानकारी दिए । दूध प्रतिलिटर २ सय रुपैयाँमा र कडा चिज प्रतिकिलो २५ सय रुपैयाँमा बिक्री गर्दै आएको सुनाए । नरम चिज भने किलोको १५ सय रुपैयाँमा बिक्री गर्दै आएको ठकुरी बताउँछन् । दैनिक ६ किलो चिज उत्पादन गर्दै अाएको उनको भनाइथियो ।
एउटै बाख्राको दूध डेढलिटर
बाख्रा विकास फार्म चित्लाङका अनुसार सानन जातको एउटा बाख्राले एक दिनमा आधा लिटरदेखि डेढ लिटरसम्म दूध दिने जनाएको छ । दूधमा औसत ३ .५५ प्रतिशत चिल्लो पदार्थ पाइन्छ । यो जातका बाख्राको शारीरिक तौल औसत ६५ किलो र बोकाको शारीरिक तौल ९५ किलोसम्म हुने फार्मले जनाएको छ ।
माग धान्नै सकिँन
बाख्राको दूधबाट निर्माण भएको चिज मागअनुसार आपूर्ति गर्न नसकको ठकुरीको गुनासो छ । उत्पादित चिज काठमाडौँका तारे होटलमा बिक्री वितरण गर्ने गर्दै आएको बताउँछन्, उनी । ‘अन्य शहरहरुबाट पनि माग आएको छ । तर, दिन सकिरहेको छैन ।’ ठकुरीले भने ।
सामुदायिक होमस्टेमा खैरेको आकर्षण
ठकुरीले चित्लाङमा सामुदायिक होमस्टेसमेत सञ्चालनमा ल्याएका छन् । बाख्राको दूधबाट उत्पादित चिज खान आउने स्वदेशी तथा विदेशी पर्यटकको भिड नै लाग्छ उनले सञ्चालन गरेको होमस्टेमा । देशभरबाट उनको फार्म भ्रमण गर्न आउनेहरु पनि उत्तिकै छन् ।
‘पर्यटकलाई बाख्राको दूध र चिज खुवाएर स्वागत गर्छौ ।’ उनले भने- फ्रान्स, अस्ट्रेलिया, बेल्जियमलगायत अन्य केही युरोपियन मुलुकबाट आएका पर्यटकले बाख्राको चिज असाध्यै मन पराउँछन् ।’
५० लाख लगानी
बाख्रापालन र चिज उत्पादनका लागि ५० लाख रूपैयाँ लगानी भएको ठकुरीले सुनाए । ‘बाख्रामा २० लाख र भवन तथा इक्विपमेन्टका लागि २५ लाख रुपैयाँ लगानी छ ।’ उनले भने । लागनीमध्येको अधिकांस बैंकको ऋण भएको उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: