
सरकारको निर्देशनमा मंगलबारबाट भारतले पठाएका तरकारी, फलफूलजस्ता तत्काल सड्ने वस्तु भन्सारमै रोकिएका छन् । नयाँ संविधानको विरोधमा मधेसकेन्द्रित दलले जारी राखेको हडताल र विरोधलाई बहाना बनाएर भारतले ६ दिनदेखि खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ नेपाल निकासीमा रोक लगाउँदै आएको छ । औद्यागिक कच्चा पदार्थ र तयारी वस्तु भने रोकिएको छैन ।
उसले भारतीय व्यापारीलाई फाइदा पुग्ने गरी तरकारी, फलफूलजस्ता तत्काल कुहिने वस्तु बोकेका कन्टेनर मात्र नेपाल पठाउँदै आएको छ । ‘भारतले अति आवश्यकीय वस्तु पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास आयतमा विभिन्न बहानाले बन्देज लगाएकाले अन्य सामान (कुहिने) को पनि भन्सार क्लियरेन्स नगर्न भन्सार नाकाका अधिकारीलाई निर्देशन दिइएको छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले मंगलबार भने, ‘भारतले नाकाबन्दी नगरेको देखाउन तत्काल आवश्यक नभएका कुहिने र सड्ने वस्तु मात्र पठाउने नियत राखेकाले यस्तो निर्देशन दिइएको हो ।’
ती अधिकारीले पेट्रोलियम पदार्थ बोकेका ट्यांकरसँगै अन्य वस्तु बोकेका कन्टेनर आए मात्र भन्सार क्लियरेन्स गरिने जानकारी दिए । पेट्रोलियम पदार्थ र ग्यास रोकेर अन्य वस्तु मात्र छाड्ने काम गरिए नेपाली भन्सारले पनि विभिन्न बहाना लगाएर क्लियरेन्स दिनेछैनन् । यस्तो निर्देशन भारतसँग जोडिएका प्रमुख र छोटी सबै भन्सार नाकाका अधिकारीलाई दिइएको ती अधिकारीले जानकारी दिए ।
यो निर्देशन मंगलबारबाटै कार्यान्वयनमा आइसकेको छ । भारतीय व्यापारीले मंगलबार दिउँसो केही छोटी नाकाहरुबाट यस्ता वस्तु छुटाउने प्रयास गरेकामा नेपाली भन्सारले रोकेको ती अधिकारीले जानकारी दिए । भन्सार उच्च स्रोतअनुसार मंगलबार भैरहवा नाकाबाट तरकारी, फलफूल मात्र पठाउन खोजिएकोमा स्थानीयको समेत अवरोधले रोकिएको छ । मेची भन्सार कार्यालयबाट १६ वटा कन्टेनर नेपाल छिरेका छन् जसमा औद्यागिक कच्चा पदार्थ र तयारी वस्तु मात्र छन् ।
यस्तै, कैलाली नाकाबाट मंगलबार ११ वटा कन्टेनर नेपाल भित्रिएका छन् जसमा सबै औद्यागिक सामग्री छन् । भारतले सोही नाकाबाट तीन ट्रक फलफूल तथा तरकारी पठाउन खोजेकोमा भन्सारले क्लियरेन्स गरेन । नेपालगन्ज भन्सारबाट पनि १३ वटा कन्टेनरमा औद्यागिक सामग्री नेपाल पठाइएको छ । अन्य नाकाबाट आन्दोलनकारीको अवरोधले कुनै कन्टेनर छिर्न पाएका छैनन् । पेट्रोलियम तथा ग्यास भने कुनै नाकाबाट पनि पठाइएको छैन ।
यसअघि, व्यापारी दबाबमा भारतीय अधिकारीले वीरगन्जबाहेक अन्य नाकाबाट आलु, प्याज, फलफूल, माछा, तरकारीजस्ता तत्काल कुहिने र सड्ने सामान बोकेका मालबाहक साधन छाड्ने गरेका थिए । ‘उनीहरुले आफ्नो मात्र स्वार्थ पूर्ति गर्न खोजेकाले यस्ता वस्तुको आयात नखुलाउने निर्देशन दिइएको हो,’ ती अधिकारीले भने ।
ती अधिकारीका अनुसार भैरहवा नाकाबाट सोमबार ५० वटा मालबाहक कन्टेनर छाडिएकामा एक ट«यांकर तेल र ३ बुलेट ग्यास मात्र थियो । नेपालगन्जबाट आइतबार राति नेपाल पक्षको दबाबपछि टयाकर तेल छाडिएको थियो । भारतीय अधिकारीले नाकाबन्दी नभएको देखाउन र आफ्ना व्यापारीको फाइदाका लागि मात्र केही कन्टेनर छाडेका हुन्, ती अधिकारीले भने, ‘सबैभन्दा आवश्यक पेट्रोलियम पदार्थ नछाड्नुले उनीहरुको नियत प्रस्ट हुन्छ ।’
भन्सार नाकाहरुमा तेल बोकेका ट«ंयाकर सबैभन्दा अगाडि भए पनि उनीहरुलाई पछाडि पठाएर कुहिने वस्तु बोकेका कन्टेनर छाड्ने गरिएको छ । अहिले पूर्वको मेची, विराटनगरको रानी भन्सार, वीरगन्जको रक्सौल, भैरहवाको सुनौली र नेपालगन्जको रुपैडिहा नाकामा हजारौंका संख्यामा तेल, ग्यास र अन्य मालसामान बोकेका कन्टेनर लाममा अलपत्र छन् ।
भारतले लगाएको नाकाबन्दीका कारण नेपालभर पेट्रोलियम पदार्थ अभाव सुरु भएको छ भने सरकारले पनि ठूलो मात्रामा राजस्व गुमाइरहेको छ । भन्सार नाकाहरुबाट अन्य समयमा दैनिक औसत ५० करोड रुपैयाँ बराबरको राजस्व उठ्ने गरेको थियो । तराईमा आन्दोलन सुरु भएपछि राजस्व ३० करोडमा झरेको थियो भने भारतले नाकाबन्दी लगाउन सुरु गरेको पाँच दिनयता राजस्व असुली ५ करोडमा सीमित भएको आजको नागरिक दैनिकमा समाचार छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्