×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मान्छे मार्ने को ? भन्, तँ कि म ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मान्छे मार्ने को ? भन्, तँ कि म ?

२३ भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं, २३ भदौ । ‘साले, मान्छे मार्ने तँ अझ यहाँ आएर डुक्रिन्छस् ….!’ यसरी सभामुखको च्याम्बरबाट चर्को स्वर निस्किएपछि वरिपरि तैनाथ सुरक्षाकर्मीले हत्तपत्त पोजिसन लिइहाले । सिंहदरबार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्रै हतियारधारीको घुसपैठको खतराका कारण सरकारले देशमा भएभरका कमाण्डो प्रहरी त्यता खटाएको थियो । स्वभाविक रुपमा कतैबाट अलित ठूलो स्वर निस्किएपछि उनीहरुले हाई अलर्टका साथ पोजिसन लिने नै भए ।

एकजना अधिर्कतस्तरका मर्यादापालक भित्रै छिरे । तर, भित्रको वातावरण अघि बाहिर निस्किएको चर्को स्वरको भन्दा विपरित थियो । केही सभासद् घोसेमुन्टो लगाएर उभिएका थिए, सभामुखचाहिँ चिउँडोमा हात राखी गम्भीर मुद्रामा सोचमग्न थिए । राप्रपा नेपालले डा.गोविन्द केसीको अनसनमा केन्द्रित भएर ११ बजे बोलाइएको सदनको पूरै समय त्यसमा दिनुपर्ने माग राख्दै थियो ।
पूर्वनिर्धारित कार्यसूचिबमोजिम सदन सञ्चालन गर्नमा केही समस्या आएप्छि सभामुख सुवास नेम्वाङ ‘के गरौं र कसो गरौं को’ दोधारमा थिए ।
१६ भदौको कुरा हो यो । अघिल्लो दिन वीरगञ्जमा प्रहरीको गोली लागी केही प्रदर्शनकारी हताहत भएका थिए । गृहमन्त्रीले सदनलाई दिने जवाफ तयार भएको थिएन । सदनलाई वैकल्पिक कार्यसूचिका साथ अघि बढाउनुपर्ने विभिन्न प्रस्ताव आइसकेपछि सभामुखद रनभूलमा परे । निर्धारित ११ बजेको समय चर्किसकेको थियो । यत्तिकैमा होहल्ला गर्दै अमरेशकुमार सभामुखको कार्यकक्षमा छिरे ।
घरको नोकरलाई हप्काएजस्तो बोल्न थाले, ‘यो के तरिका हो ? वीरगञ्जमा त्यत्रा मान्छे मारेका छन् । हामीले बोल्न नपाउने ? के हामीले बोल्छौं भनेर डर लाग्यो तपाईंलाई ? उता मान्छे मरेको छ, तपाई चुप लागेर बस्नुहुन्छ ?’ सामान्तयता धैर्यवान स्वभावका सभामुख अमरेशको तमिजबिनाको चिच्याहट सुनेर रातोपिरो हुन पुगे ।
उनी पनि ठूलै स्वरमा कराए, ‘मान्छे कसले मार्यो ? मैले मारेँ कि तैले मारिस् हँ ?’ अमरेशले जवाफ दिए, ‘मैले कसरी मारेँ ?’ सभामुख अझै थामिएनन्, जवाफ दिए, ‘गोली चलेको छ । तपाईहरु भाषण गर्दै हिड्नुभएको छ । खुँडा खुकुरी, भाला बोकी सुरक्षाकर्मीलाई मार भन्दै डुक्रिएर हिँड्ने को हो ? अझ यहाँ आएर ठूलो कुरा गर्ने ?’ जनआस्था साप्ताहिकमा खबर छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: