×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्यालको सिङ देखाउने, राम्री केटी फकाउने, माने श्रीमती नत्र गर्लफ्रेन्ड बनाउने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्यालको सिङ देखाउने, राम्री केटी फकाउने, माने श्रीमती नत्र गर्लफ्रेन्ड बनाउने !

२६ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

ठगी गर्ने व्यक्तिले पैसामा मात्र होइन, प्रेममा पनि ठग्न माहिर हुँदा रहेछन् । राजधानीमा ठूला ठगीमा संलग्न अभियुक्तको १ भन्दा धेरै श्रीमती र गर्लफ्रेन्ड हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रेमकै बहानामा १०–१२ लाई ठगी गर्ने बीरबल लामालाई सिआइबीले गत फागुनमा पक्राउ गरेको थियो । उनका एक दर्जनभन्दा धेरै गर्लफ्रेन्ड थिए । पछि तीनै गर्लफ्रेन्डको उजुरीमा उनी प्रहरी फन्दामा परे । धेरै पढेका र धनी युवतीलाई बिहे गरेर युरोप लैजाने भन्दै सजिलै ठग्न उनी सफल भए । विदेश जान केही खर्च आवश्यक भएको भन्दै युवतीसँग पैसा लिएर उनले ठगी गर्दै आएका थिए । सधैँ ठग्न सफल भएनन्, यतिबेला उनी जेलमा छन् ।

दृष्टिन्युजडटकमका अनुसार, १–२ ठग पक्राउ परेर राजधानीमा ठगी रोकिएको छैन । अचम्म अचम्ममा ठगीका घटना राजधानीमा बढ्दो छ । प्रहरी अधिकारीहरु भन्छन्, ‘केहीले ठगीलाई आफ्नो पेसा नै बनाएका छन् । त्यही ठगी गरेको पैसाको आडमा उनीहरुमा धेरै गर्लफ्रेन्ड बनाउने र बिहे गर्ने प्रवृत्तिसमेत देखिएको छ ।’

कृषि विकास बैंक ठगीका दुई नाइकेको पनि धेरै श्रीमती र गर्लफ्रेन्ड रहेको अनुसन्धानमा खुल्यो । ठगीका मुख्य योजनाकार केदार गौतम २ श्रीमतीसहित नै पक्राउ परे । जेठी श्रीमती सम्झना पोखरेल र कान्छी जेनी श्रेष्ठसहित प्रहरीले पक्राउ गरेको थियो । बैंकिङ कसुर मुद्दामा अदालतले जेठी श्रीमतीलाई १० लाख तथा कान्छी श्रीमतीलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ भने गौतम पुर्पक्षका लागि जेलचलान भएका छन् ।

कृषि विकास बैंकका गौतमले विदेश भाग्नलाई जेनी श्रेष्ठसँग दोस्रो बिहे गरेका थिए । श्रेष्ठसँग बेल्जियममा स्थायी बसोबासको अनुमतिपत्र थियो । त्यसकारण ठगी गरेको पैसा लिएर उनी जेनीसँगै बेल्जियम भाग्ने तयारीमा थिए । गौतमले प्रशस्त पैसा खर्च गरेको देखेपछि २–३ पटकको भेटपछि नै उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए । जेठी श्रीमतीलाई भारतमा राखेर कान्छीसँग लाजिम्पाटमा अपार्टमेन्ट किनेर उनी बस्दै आएका थिए ।

यो घटनाका अर्का नाइके पुष्पहरि थापा सिक्किममा छन् । उनका पनि दुई श्रीमती र एक गर्लफ्रेन्ड रहेको अनुसन्धानमा खुलेको छ । सिक्किममा भारतीय युवतीसँग उनी बिहे गरेर उतै बस्दै आएका छन् । जेठी श्रीमती काठमाडौँमै छिन् भने कपनमा एक गर्लफ्रेन्डसमेत रहेको खुलेको छ । थापाको कुनै बैध काम छैन । कहिले स्यालको सिङको कारोबार त कहिले दलालीको काम गरेर उनले पैसा कमाउँदै आएका थिए । उनकै दुई श्रीमती र गर्लफ्रेन्डसमेत रहेको अनुसन्धानमा खुलेको हो ।

त्यस्तै तीन श्रीमती भएका एक ठग यतिबेला काठमाडौँ परिसरको हिरासतमा छन् । आफूलाई सिआइबीको दक्षिण एसियाको प्रमुख भन्दै ठगी गर्ने भागचन्द महरका तीन श्रीमती छन् । ठूला व्यक्तिसँगको फोटो देखाउँदै ठगी गर्ने महरलाई अपराध महाशाखाले ७ भदौमा पक्राउ गरेको थियो । दुई श्रीमतीलाई त उनले बसपार्कमा सँगै डेरामा राख्दै आएका थिए भने कान्छी श्रीमतीलाई बाहिर राखेको खुलेको छ । प्रायः ठगीमा संलग्नको राम्रा युवतीसँग संगत हुने र धेरै श्रीमती तथा गर्लफ्रेन्डहरु बनाउने प्रवृत्ति रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: