
काठमाडौं– आफूलाई स्वघोषित ज्योतिष ‘माता’ ठान्ने महिला सविता सरु शर्मा आचार्यले २०७२ सालमा आउने संविधानले समस्या मात्र पैदा गर्ने दाबी गरेकी छन् ।
रातोपाटीसँग कुरा गर्दे उनले संविधानले रिस, राग, झगडा मात्र निम्ताउने दावी गरिन् । ‘समस्या मात्र निम्ताउँछ कि जस्तो लाग्छ, किनभने २०७२ साल नै राम्रो छैन । त्यहि भएर संविधानपछि पनि झमेला, संकट र अवरोध बढी हुनेछन् ’ उनले भनिन् ।
‘माता’ कै शब्दमा अवको भविष्यवाणी
यसै त २०७२ साल अनिष्ट साल हो । तर, पनि असोज ३ गते आइतवारको दिन ठिकै दिन त छ । यो संविधानसभामा कतिको चित्त बुझ्दैन । रिस, राग, झगडा मात्र निम्ताउँछ कि । समस्या मात्र निम्ताउँछ कि जस्तो लाग्छ, किनभने २०७२ साल नै राम्रो छैन । त्यहि भएर संविधानपछि पनि झमेला, संकट र अवरोध बढी हुनेछन् । नयाँ काममा विरोध पनि हुने हुन्छ । हरेक नेपालीहरुको लागि राम्रो समय त ०७३ साल हो । त्यसपछि सवैलाई शान्ति मिल्छ । ०७३ मा संविधान आएको भए सवैलाई एकीकृत गराउथ्यो, सवैको चिक्त बुझ्दथ्यो । धर्मनिरपेक्ष त्यति राम्रो भएन, संविधानमा हिन्दु राष्ट्र बनाएको भए सवैलाई शान्ति मिल्दथ्यो ,त्यो हुन सकेन भन्ने धार्मिक मानिसहरुको गुनासो आएको छ । धार्मिक व्यक्तिका लागि अलि सहज हुँदैन कि भन्ने मानिस भेटेको छु । बर्वादै भयो कि भन्ने गुनासो पनि सुनिन्छ । विभिन्न धर्म–संस्कृति बचाईराख्न कठिन हुन्छ कि भन्ने सुनिन्छ । जे होस ०७२ साल अनिष्ट भएकाले पाइला–पाइलामा समस्या आएका छन् । अव पनि पाइला पाइलामा समस्या आउछन् । सहज वातवरण हुँदैन यो साल ।