×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लौ पढ्नुहोस् ३९ श्रीमतीका पोइ यिनै हुन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लौ पढ्नुहोस् ३९ श्रीमतीका पोइ यिनै हुन्

Artha Sarokar

१५ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एउटा व्यक्तिले एक श्रीमती र छोरा छोरीलाई राम्रो हेरचाह नगरेका घटना हाम्रो समाजमा प्रशस्त छ । त्यसो त एक व्यक्तिले साधरणतया एक जना, दुई जना, त्योभन्दा धेरै गर्नेले तीन ,चार,पाचँ सम्म पनि सुनिएको छ । तर भारत मिजोरमको भक्तवाङ्गका एक यस्ता पुरुष छन्, जसको परिवारमा ३९ जना श्रीमती छन, तर सबै खुशी खुशी ।

भारत बारकोफ्टाका ड्याड जिओनाको साथमा अहिले ३९ वटा श्रीमती मात्र छैनन, ९४ जना छोराछोरी, १४ जना बुहारी र ३३ जना नातिनातिना पनि छन् । सबैभन्दा रमाइलो त के छ भने यी सबै एउटै घरमा एउटै छानोमुनी बस्छन् ।

सम्भवतः विश्वको सबैभन्दा ठूलो परिवार मानिएको ड्याड जिओनाको चार तले घरमा एक सयवटा कोठा छन् । पुरै परिवार यही घरमा अटाएको छ ।

पुरै परिवारका साथ जिओना
परिवारका मुली ६७ वषिर्या जिओना यो परिवारदेखि खुशी छन् । भन्छन्, ‘मलाई भगवानको आर्शिवाद छ, त्यसैले त मेरो विशाल परिवार पनि छ । आज मलाई लागेको छ म भगवानको एउटा विशेष बच्चा हुँ । भगवानले मलाई यति धेरै परिवार हेर्ने जिम्मेवारी दिएका छन् ।’
जिओना आफूलाई भाग्यमानी ठान्दै भन्छन्, ‘म आफूलाई अझै भाग्यमानी पति मान्छु, किनभने म ३९ महिलाको एक्लो पति र ठूलो परिवारको घरमूली ।’
परिवारको पुरै पुरुष सदस्यहरुले काठको काम गर्छन, यसैले त जिओना गर्विलो हुँदै भन्छन्, मलाई सरकारको कुनै पनि सहयोग चाहिंदैन । यी सुपरपति कुनै समय वर्षमा १० वटासम्म विवाह गरेका थिए ।

यो परिवार बस्दै आएको घरलाई उनीहरुकै भाषामा ‘छुन्तार रन’ अर्थात नयाँ पिंढीको घर भनिन्छ । उनीहरुको आफ्नो विद्यालय छ, आफ्नो खेल्ने ग्राउण्ड, काठको काम गर्ने कारखाना, सुँगुर गोठ, कुखुरा फार्म, खेती गर्न खेत र तरकारीका लागि ठूलो वारी। यो सम्पत्तिले पुरै परिवारलाई सहजै पाल्न सकिन्छ ।

परिवारमा खाना खानेवेला लाग्छ, यो आर्मी मेसमा खान खाईंदैछ, परिवारका पुरै महिला सदस्य खाना बनाउने र खुवाउने काममा घण्टौं विताउने गर्छन । एक पटकमा उनीहरुको परिवारलाई ३० वटा कुखुरा, १३२ पाउण्ड तरकारी र २२० पाउण्ड चामल चाहिन्छ । यो सबै खाना एउटा खुला किचनमा पकाइन्छ । जहाँ २४ सै घण्टा आगो बलिरहन्छ ।

जिओनाकी ६९ वर्षे जेठी श्रीमती जाठियाङ्गीले अरु श्रीमती, छोरी र बुहारीका लागि दैनिक कामको बाँडफाँड गर्छिन । हरेक दिन परिवारले खाएका भाँडा र लगाएका लुगा धुनका लागि एउटा सानो पहाड नै खडा हुन्छ र यो सबै काम हातैले गर्छन ।

जिओनालाई परिवारका सबै सदस्यहरु ‘का पा’ अर्थात बाबुजी भनेर सम्बोधन गर्छन् । यी जिओनाले जाठीयाङ्गीसँग विवाह गर्दा जम्मा १७ वर्षका थिए । जिओना वंशाणुगत रुपमा परिवारका मुली हुन, उनलाई लाग्छ, उनीहरु एकदिन पुरै विश्वलाई क्राइस्ट धर्ममार्फत नियमन गर्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी