
एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीको साधारण सदस्य र सभासदबाट पनि राजीनामा दिएको घोषणा गरेका छन् । संविधान निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाएका भट्टराई संविधान जारी भएसँगै पार्टी नेतृत्वसँग असन्तुष्टी जनाउँदै आएका थिए । नयाँ बानेश्वरको इन्द्रेणी फुडल्यान्डमा आयोजित कार्यक्रममा भट्टराईले पार्टीको साधारण सदस्यता पनि परित्याग गरेको बताए। रुपान्तरित व्यवस्थापिका संसदमा आफू सांसद नरहने पनि उनले बताए। ‘मैले यो जानकारी पार्टी अध्यक्ष प्रचण्डलाई र सभामुख सुवास नेम्वाङलाई पनि जानकारी गराइसकेको छु’, उनले भने ।
यसै बीच बाबुराम को नयाँ शक्ति केहि दिन मै घोषणा हुने बुझिएको छ । बाबुराम भट्टराइ निकट स्रोतका अनुसार केहि समय अगाडी भएको समानान्तर भेलाले नयाँ शक्तिको उदय कहिले गर्ने र कसरि गर्ने बारे निर्णय गरिसकेको बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्