Skip to content
LAXMI SUNRISE BANK

अघि बढ्यो नेपाल : भारतीय मिडिया

अर्थ सरोकार

काठमाडौं- नेपालको संविधान निर्माण प्रक्रियालाई भारतीय सञ्चार माध्यमले महत्वपूर्ण स्थान दिएका छन्। भारतको सर्वाधिक बिक्री हुने अंग्रेजी पत्रिका ‘टाइम्स अफ इन्डिया’ र हिन्दी भाषाको पत्रिका ‘नवभारत टाइम्स’ ले ‘अघि बढ्यो नेपाल’ शीर्षकमा सम्पादकीय प्रकाशित गरेका छन्।
टाइम्स अफ इन्डियाले मधेसवादीले सात प्रदेशको सीमांकन र निर्वाचन प्रणालीबाट अल्पसंख्यकको प्रतिनिधित्व कम हुने भनेर विरोध गरे पनि नेपालले प्राप्त गर्न लागेको उपलब्धि महŒवपूर्ण भएको जनाएको छ। संविधानमा रहेका कमजोरीलाई संशोधनमार्फत झनै राम्रो बनाउन सकिने भन्दै उसले सविधानबाट नेपालमा पूर्ण संसद र सरकार बन्ने विश्वास व्यक्त गरेको छ।

संविधानले नेपालको राजनीतिक स्थायित्व प्रदान गर्ने मात्र नभई भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन समेत ढोका खोल्ने सम्पादकीयको आशय छ।

‘नेपालको आधुनिक युगमा भारत नेपालको दृढ सहयोगीको रुपमा रहनुपर्छ,’ टाइम्स अफ इन्डियाले भनेको छ। यो पत्रिका भारतीय विदेश मन्त्रालयको दक्षिण एसिया डेक्स निकट मानिन्छ।

यसैगरी नवभारत टाइम्सले ६ दशकमा ६ वटा संविधान बनाएको नेपालमा पहिलोपटक जनताबाट संविधान बनेको उल्लेख गरेको छ।

नेपालका प्रधानमन्त्री र राजनीतिक दलका नेताले असन्तुष्टहरुको माग सम्बोधन गर्न देखाएको लचकताको प्रशंसा सम्पादकीयमा छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK