नेपालीहरुको महान पर्व दशैं नजिकै आयो । कामको शिलशिलामा घर बाहिर बसेकाहरुलाई दशैंमा आफ्नो घर कसरी जाने हो भन्ने चिन्ताले पिरोल्न थालेको छ । विगत वर्षहरुमा दशैं आउन एक महिना बाँकी रहँदा दशैंको लागि टिकट बुकिङ्ग खुल्ला हुन्थ्यो । तर यो वर्षको दशैं आउन अब एक महिनापनि बाँकी छैन । तर पनि टिकट बुकिङ्ग खुलाउने विषयमा अहिलेसम्म सरकारले कुनै निर्णय गरेको छैन । यसले रोजगारी तथा अध्ययनका लागि आफ्नो घरभन्दा टाढा बसेका मानिसहरु आफ्नो महानपर्व दशैंमा घरमा कसरी जाने भन्ने विषयमा अहिलेसम्म अन्यौलता छाएको छ । भारतको अघोसित नाकाबन्दीको कारण ईन्धन अभाव, तराईको आन्दोलनका कारण असुरक्षा र तराईका सवारी साधन काठमाण्डौ उपत्यका छिर्न नपाएका कारण टिकट बुकिङ्गको विषय अन्यौलमा परेको हो ।
सरकारले यातायात व्यवसायीलाई राखेर यस विषयमा केही दिनदेखि निरन्तर छलफल गरेको छ । तर देशको अन्यौलपूर्ण अवस्थाका कारण केही टुंगो लाग्न सकेको छैन । व्यवसायी र सरकारी पक्षबीच कुरा नमिलेपछि सोमबार गृह मन्त्रालयमा भएको वार्ता पनि बिना निर्णय टुंगिएको छ ।Bus-Ticket
सरकारी पक्षले टिकट बुकिङ्ग खुलाउनका लागि व्यवासायीलाई मनाउने पहल गरीरहेको छ भने व्यवसायीले सुरक्षाको लिखित ग्यारेण्टी नगरेसम्म बुकिङ्ग खुल्ला नहुने शर्त तेर्साएका छन् । ‘आन्दोलन नरोकिँदा र मुलुकको अन्यौलपूर्ण अवस्था रहँदासम्म टिकटको कुरा केही हुँदैन,’ यातायात व्यवसायी महासंघका अध्यक्ष सरोजराज सिटौलाले भने – ‘हामीले सरकारसंग सुरक्षाकोे लिखित प्रत्याभूतिको माग गरेका छौँ, त्यो भयोभने बुकिङ्ग खुल्छ ।’
सिटौलाले कोशीव्यारेजमा ७८ वटा गाडी एकैपटक तोडफोड हुँदा कसैले सुरक्षा दिन नसकेको भन्दै अव सवारी साधन क्षती, यात्रुहरु घाईते वा मृत्यूभएमा सरकार पन्छिने भएकोले आफूले त्यो सबै कुराको जोखिम मोल्न नसक्ने बताए । अघिल्लो वर्षहरुमा एक महिनाको अवधि राखेर बुकिङ्ग खुल्ला राखिने गरेको भएपनि यसवर्ष ढिला भैसकेकोले सरकारी पक्षलाई यथाशिघ्र पहल गर्न उनले सुझाव दिए ।
तर यातायात व्यवस्थाविभागका प्रवक्ता बसन्त अधिकारीले भने बुकिङ्गको विषयमा विबाद नभएपनि अन्यौलताका कारण कहिलेदेखि खुल्ने भन्ने विषय टुंगो लाग्न नसकेको बताए । उनले १७ गतेदेखि बुकिङ्ग खुलाउने विषयमा सोँच बनाएको भएपनि आन्दोलनका कारण केहीदिन ढिलाहुन सक्ने पनि बताए । ‘हामीले १७ गतेदेखि खुलाउने भनेर छलफल गरेका छौँ, यसमा सबैको सहमति पनि छ ’ उनले रातोपाटीसंग भने ‘तर हामीले यता बुकिङ्ग खुल्ला गर्ने, ईन्धनको अभाव र तराईका गाडी काठमाण्डौ आउन नसक्ने भयो भने त समस्या हुन्छ, त्यसैले एकदुईदिन ढिला हुन सक्छ ।’
अधिकारीले जोर बिजोर चलाउने अवस्था रहिरह्यो भने अहिले बुकिङ्ग खुलाएपनि भोली यात्रुले गाडी चढ्न नपाउन अवस्था आउन सक्ने भएकोले यो विषय अझै टुंगोमा नपुगेको बताए । ‘भोली के हुने भो भनेर अहिले भविष्यवाणी गर्ने अवस्था छैन ।’ उनले भने ।
यता यातायात व्यवासायीले भने सवारी साधनको पूर्ण सुरक्षाको ग्यारेण्टी नभएसम्म टिकट बुकिङ्ग खुल्ला गर्न नहुने बताएका छन् । ‘स्कर्टिङ्गकैबीचमा कोशी व्यारेजमा एकैपटक ७८ वटा गाडी तोडफोड हुँदा कसैले सुरक्षा दिन सकेन ।’ यातायात व्यवासयी महासंघका अध्यक्ष सरोजराज सिटौलाले भने ‘नेपालको गाडी जति सबै हाम्रा हुन्, हामीले टाउको फुटाउने अनि सरकारले कसरी चलाउँछ ?’ उनले सुरक्षाको ग्यारेण्टी नहुँदा सम्म व्यवसायीले गाडी चलाउन नसक्ने कुरा सरकारी अधिकारीसंग प्रष्ट राखेको समेत बताए ।
सरकारले तत्काल पनि लामो दुरीका सवारी साधनलाई सुरक्षा दिन नसकेको विषयमा सोमबार गृहले यातायात व्यवसायीसंग वार्ता गरेको थियो । वार्तामा यातायात व्यवसायीले आफ्ना समस्या राख्दै लामो दुरीका सवारी साधनको सुरक्षाको ग्यारेण्टी गर्न समेत गृहमा माग गरेका थिए ।
यस्तो अवस्थामा अहिले चलिरहेका लामो दुरीका गाडी पनि जोर विजोर आधारमा नचलाउने सरकरले बताएको छ । लामो दुरीका सवारी साधनहरुलाई आवागमनमा समस्या भएपछि जोर विजोर लागु नगर्ने गृह मन्त्रालयले जनाएको छ । ‘लामो दुरीका सवारी साधन आज हिँडेर भोलीमात्र गन्तव्यमा पुग्नुपर्छ त्यसले गर्दा आवागमनमा अप्ठ्यारो भयो भनेर व्यवसायीहरुले समस्या राखेपछि जोर विजोर नगर्ने निर्णय भयो ।’– गृह मन्त्रालयका लक्ष्मी प्रसाद ढकालले भने ।
सरकारले सुरक्षाको ग्यारेण्टी नगरेसम्म यस्तो अवस्थामा दशैंको टिकट बुकिङ्ग गर्न नसकिने व्यवसायीले सरकारलाई स्पष्ट पारेका छन् । तर गृहले भने टिकट बुकिङ्गको विषयमा बैठकमा छलफल नै नभएको बताएको छ । सरकरी अधिकारी र व्यवसायीको अस्पष्ट कुराले नेपालीहरुको महान चाड दशैंको लागि अग्रीम टिकट बुकिङ्ग अन्यौलमा परेको छ ।
सरकारले समस्या समाधान गरी टिकट बुकिङ्ग खुल्ला गरेमा भने यात्रुको सहजताका लागि अनलाईनबाटै टिकट बुकिङ्ग गर्न सकिने व्यवसायीहरुले बताएका छन् । दशैंमा टिकट बुकिङ्गका लागि सहयोग गर्न आफूहरु तयारी अवस्थामा रहेको अनलाईन टिकट बुकिङ्गको काम गर्दै आएको बससेवा डटकमका सिईओ परसुराम खनालले बताए ।