×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेनाका पूर्वसहायक रथी भन्छन्, ‘नेपालमा सैनिक शासन लागु हुन्छ, वातावरण बन्दैछ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेनाका पूर्वसहायक रथी भन्छन्, ‘नेपालमा सैनिक शासन लागु हुन्छ, वातावरण बन्दैछ’

२६ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डु, २६ भदौ– नेपाली सेनाका पूर्वसहायक रथी उमेशकुमार भट्टराईले नेपालमा सैनिक शासन लागु हुने वातावरण बन्दै गएको बताएका छन् ।

द्वन्द्व व्यवस्थापनमा विद्यावारिधिसमेत गरेका भट्टराईले देशमा जारी हिंसात्मक राजनीतिले सैनिक शासन लागु हुने दिन नजिकै आएको दावी गरेका छन् । पत्रकार नारायण पौडेलको कार्यक्रम यक्ष प्रश्नमा कुरागर्दै भट्टराईले भने,‘यस्तै अवस्था कायम भएमा सेनाले शासन लिन्छु भन्नै पर्दैन परिस्थितिले नै लिन बाध्य बनाउँछ ।’

राजनीतिक भद्रगोल कायम रह्यो, नागरिकले अधिकार सहज ढंगबाट उपभोग गर्न पाएनन् भने सेनालाई सत्ता हातमा लिन दबाब बढ्दै जाने उनले उल्लेख गरे । हालको हिंसात्मक राजनीतिले सैनिक शासनको पृष्ठभूमि तयार हुँदै गएको उनले बताए ।
(सम्बन्धित भनाइ भिडियोको १७ औं मिनेटमा रहेको छ ।)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: