
काठमाण्डु, २६ भदौ– नेपाली सेनाका पूर्वसहायक रथी उमेशकुमार भट्टराईले नेपालमा सैनिक शासन लागु हुने वातावरण बन्दै गएको बताएका छन् ।
द्वन्द्व व्यवस्थापनमा विद्यावारिधिसमेत गरेका भट्टराईले देशमा जारी हिंसात्मक राजनीतिले सैनिक शासन लागु हुने दिन नजिकै आएको दावी गरेका छन् । पत्रकार नारायण पौडेलको कार्यक्रम यक्ष प्रश्नमा कुरागर्दै भट्टराईले भने,‘यस्तै अवस्था कायम भएमा सेनाले शासन लिन्छु भन्नै पर्दैन परिस्थितिले नै लिन बाध्य बनाउँछ ।’
राजनीतिक भद्रगोल कायम रह्यो, नागरिकले अधिकार सहज ढंगबाट उपभोग गर्न पाएनन् भने सेनालाई सत्ता हातमा लिन दबाब बढ्दै जाने उनले उल्लेख गरे । हालको हिंसात्मक राजनीतिले सैनिक शासनको पृष्ठभूमि तयार हुँदै गएको उनले बताए ।
(सम्बन्धित भनाइ भिडियोको १७ औं मिनेटमा रहेको छ ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्