×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीकापुरमा प्रहरीको हतियार लुटेको भिडियो क्लिप फेला पर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टीकापुरमा प्रहरीको हतियार लुटेको भिडियो क्लिप फेला पर्यो

Artha Sarokar

२० भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डु, १६ भदौ– सात गते दिउँसो टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मीलाई क्रुरतापूर्वक मारिएपछि उनको टिमबाट खोसिएको सेल्फ लोडिङ राइफल एसएलआर सम्बन्धी भिडियो क्लिप फेला परेको छ ।
घटनास्थल आसपासका छिमेकहीहरुले मोबाइलबाट खिचेर सुरक्षित राखेको क्लिपमा दाह्री पालेका, हेल्मेट लगाएका करिब ३०–४० जनाले प्रहरीबाट खोसिएको एसएलआर सिमेन्टको बोरामा हालनेको तर हतियार लामो भएको कारण नअटाएको देखिन्छ । त्यसमध्येका केहीले थारु र केहीले प्रष्ट शब्दमा नेपाली भाषामा बोलेर आक्रमणलाई निर्देशित गरेको सुनिन्छ । भीगलाई एसएसपीले सम्झाउँदै गरेको समेत त्यसमा देख्न सकिन्छ ।
आक्रमण हुन थाल्नासाथ एसएसपीसँगै गएका एक जनाले एक राउन्ड हवाई फायर गरेपछि एसएलआरले काम गर्न छाडेको थियो । सम्भवतः त्यसको खोका अड्किएको वा म्याग्जिनले काम नगरेको हुन सक्छ ।
–जनआस्था साप्ताहिकबाट

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी