×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नसोधिकन मिति तोकियो भन्दै राष्ट्रपति प्रधानमन्त्रीसँग रिसाए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नसोधिकन मिति तोकियो भन्दै राष्ट्रपति प्रधानमन्त्रीसँग रिसाए

Artha Sarokar

२९ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति रामवरण यादवसँग बुधबार भेटवार्ता गरेका छन्। कोइराला र यादवबीच मंगलबार बिहान करिव पौने  घण्टा छलफल भएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा यादवले मधेसी र अन्य असन्तुष्ट पक्षलाई समेट्न गम्भीर पहल नभएको र त्यसले समस्या ल्याउने बताएको थिए। उनले आफूसँग कुनै परामर्श नगरीकन संविधान घोषणाको मिति तोकिएकोमा प्रधानमन्त्रीसँग असन्तुष्टी पोखे।

भेटवार्ता सकेर बाहिरिएका प्रधानमन्त्री कोइराला सहज मुद्रमा देखिएनन्। राष्ट्रपतिको असन्तुष्टी र गुनासा सुनेर उनी केही दिक्कजस्तो देखिन्थे। प्रतिक्रिया दिन नामानेका कोइरालालाई कर गरेपछि संचारकर्मीसँग केही झोक्‍किएजस्तो गरी भने, अब संविधान कसले रोक्ने। कसैले सक्दैन।

सभाध्यक्षले मिति तोकिएकोमा उनी केही असन्तुष्ट जस्तो देखिए। संविधान ३ गते घोषणा हुने भो त भन्ने प्रश्‍नमा उनले भने, यी सबै कुरा अब सभाध्यक्षालाई नै सोध्नुस्।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी