
प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति रामवरण यादवसँग बुधबार भेटवार्ता गरेका छन्। कोइराला र यादवबीच मंगलबार बिहान करिव पौने घण्टा छलफल भएको थियो।
स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा यादवले मधेसी र अन्य असन्तुष्ट पक्षलाई समेट्न गम्भीर पहल नभएको र त्यसले समस्या ल्याउने बताएको थिए। उनले आफूसँग कुनै परामर्श नगरीकन संविधान घोषणाको मिति तोकिएकोमा प्रधानमन्त्रीसँग असन्तुष्टी पोखे।
भेटवार्ता सकेर बाहिरिएका प्रधानमन्त्री कोइराला सहज मुद्रमा देखिएनन्। राष्ट्रपतिको असन्तुष्टी र गुनासा सुनेर उनी केही दिक्कजस्तो देखिन्थे। प्रतिक्रिया दिन नामानेका कोइरालालाई कर गरेपछि संचारकर्मीसँग केही झोक्किएजस्तो गरी भने, अब संविधान कसले रोक्ने। कसैले सक्दैन।
सभाध्यक्षले मिति तोकिएकोमा उनी केही असन्तुष्ट जस्तो देखिए। संविधान ३ गते घोषणा हुने भो त भन्ने प्रश्नमा उनले भने, यी सबै कुरा अब सभाध्यक्षालाई नै सोध्नुस्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्