×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिसाबिनै अमेरिका पुर्‍याइएका कारण चन्द्रबहादुरको शव ल्याउन समस्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भिसाबिनै अमेरिका पुर्‍याइएका कारण चन्द्रबहादुरको शव ल्याउन समस्या

Artha Sarokar

२५ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डु, २५ भदौ – विश्वकै होचा चन्द्रबहादुर डाँगीलाई सर्कस कम्पनीले भिसाबिना चोरबाटो हुँदै अमेरिका पु¥याएको खुलासा भएको छ । डाँगीलाई भारतको मुम्बई, कोरिया,फिजी हुँदै अमेरिकाको सामुआ पु¥याएको थियो । उनको गत साता सामुआस्थित अस्पतालमा निधन भएको छ ।
विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीलाई अमेरिकाको सामुआस्थित सर्कस, कम्पनीले लोभलाग्दो निम्तो पठायो । तलब २६ हजार डलर आउने भएपछि डाँगी अमेरिका उडे । पैसा आउने, देशविदेश पनि घुम्न पाईने । तुलसीपुरमा घर ठड्याउने सपना पूरा हुने । डाँगीले प्रस्ताव नकार्नुपर्ने कुनै कारण देखेनन् । लगत्तै कम्पनीले एक हजार डलर बाटोखर्च पठाइदियो । गत चैत ३ गते भतिजा दोलखलार्य साथ लिएर डाँगी उडे । पासपोर्ट देखाएकै भरमा थुप्रै देशको ट्रान्जिट झेल्दै काका भतिजा अमेरिका पुगे ।
सर्कसका अतिथिसँग उभिएर फोटो खिचिदिएबापत कम्पनीको आम्दानी बढाइदिए । यही क्रममा उनी बिरामी परे । उपचारकै क्रममा डाँगीको निधन भयो ।

अवैधानीक प्रवेशकै कारण भतिजा दोलखलाई काकाको शव लिएर नेपाल फर्कन काकुनी जटिलताले रोकेको छ ।
नागरिक दैनिकबाट

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी