×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीले हजुरबुवा र नाती दुवैलाई गोली हानी मारे, को हुन गणेश चौधरी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रहरीले हजुरबुवा र नाती दुवैलाई गोली हानी मारे, को हुन गणेश चौधरी ?

Artha Sarokar

२६ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जारी मधेश आन्दोलनमा प्रहरीको गोलि लागि आन्दोलनकारी मर्ने क्रम जारी छ । प्रहरीले बुधवार महोत्तरीको जलेश्वरमा प्रहार गरेको गोली लागि मृत्यु भएका रोहण चौधरीका हजुरवुवा गणेश चौधरी लाई आज गोली हानि मारेका छन् । प्रत्यक्षदर्शीका अनुसार मृतक रोहणका हजुरवुवा गणेश आफना नातीको काजक्रियाका लागि समान किन्न बजार जाने क्रममा बाटोमा उनलाई लचार पछार गर्दै गोली प्रहार गरेको बताए । उनलाई गोली हाने लगत्तै मृत्यु भएको स्थानीयले बताए ।

स्थानीयहरुका अनुसार रोहणका हजुरबुवा गणेश गाउँमा निकै चर्चित व्यक्ती थिए, गाउँको हरेक गतिविधीमा उनको सहभागिता हुने गरेको थियो । उनी निकै सहयोगी स्वभावका थिए । कहिले पनि कसै सँग कुनै मनमुटाव नभएको उनको छिमेकीले बताए । गणेश चौधरी पूर्व राजा विरेन्द्रको हातबाट समेत उच्च स्तरको सम्मान प्राप्त गरेका थिए ।

विश्वको ईतिहासमा सम्भतः यो पहिलो घटना होला, एउटै आन्दोलनमा एक दिनको फरकमा नाति र हजुरवुवालाई प्रहरीले गोलि हानि मारेको । यो केबल संयोग मात्र हो वा यसको पछाडि केही रहस्य छ ? राज्य र सरोकार वालाले गम्भीर छानविन गर्नु पर्ने स्थानियहरुले माग गरेका छन्

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी