Skip to content
LAXMI SUNRISE BANK

संविधानसभा भवनमा नक्कली राष्ट्रपति उभिएपछि…

अर्थ सरोकार

साइरन बजाउँदै संविधानसभा भवनमा शनिबार साँझ सवारी भयो। सवारी अगाडि घुडसवारी पनि थिए। यो राष्ट्रपतिको सवारी थियो।

संविधानसभा भवन परिसर अर्थात् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा गाडीबाट ओर्लिएर सलामी लिने ठाउँमा एक व्यक्ति टनक्क तन्किएर उभिए। ध्यान दिएर हेर्नुस् यी फोटोहरु। ती व्यक्ति राष्ट्रपति रामवरण यादव भने हैनन्।

उनी राष्ट्रपति हैनन्, तर सँगै उभिएका भने संविधान सभा अध्यक्ष सुवास नेम्वाङ नै हुन्। राष्ट्रपति भने नक्कली उभ्याइएको हो।

खासमा यो आइतबार हुन लागेको संविधान घोषणा समारोहको रिहर्सल थियो। मूल समारोहमा कुनै गल्ती नहोस् भन्ने उद्देश्यले तयारीका लागि यस्तो रिहर्सल गर्ने गरिन्छ।  रिहर्सलका क्रममा मूल समारोहमा गरिने सबै विधि उपयोग गरिन्छ।

शनिबार साँझ ५ बजेपछि गरिएको रिहर्सलमा संविधानसभा अध्यक्ष नेम्वाङसहित सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको उपस्थिति थियो। 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK