×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइफोनको मूल्य ह्वात्तै घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइफोनको मूल्य ह्वात्तै घट्यो

Artha Sarokar

२४ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी । एप्पलले बुधबार अमेरिकाको सनफ्रान्सिस्कोमा आइफोन सिक्स एस र सिक्स एस प्लसहित केही ग्याजेट्सहरु लन्च गरेको छ ।
संसारकै सबैभन्दा ठूलो टेक्निकल कम्पनी एप्पलले अब आफ्ना प्लास्टिक बडी भएका आइफोन फाइभ सी नबनाउने भएको छ । यससँगै एप्पलले अब बजारमा फाएभ एस, सिक्स र सिक्स प्लसको मूल्य पनि घटाएको छ ।अब यो एप्पलको फाइभ एस, सिक्स र सिक्स प्लसको गोल्ड कलरवाला मोबाइल वेबसाईटमा समेत भेटिने छैन । आइफोनका प्रयोगकर्ताले अब सिल्भर र स्पेस ग्रे रंगमा यी स्मार्टफोन खरिद गर्न सक्नेछन् ।
तर बुधबार लन्च भएको पछिल्लो आइफोन सिक्स एस र सिक्स एस प्लस भने सिल्भर, स्पेस ग्रे, गोल्ड र रोड गोल्ड कलरमा बजारमा उपलब्ध हुनेछन् ।
यसको मतलब गोल्ड कलर चाहनेहरुले अब मात्र सिक्स एस र सिक्स एस प्लस किन्ने अप्सन बाँकी छ । यो नयाँ महंगो उत्पादन बेच्ने कम्पनीको मार्केटिङ रणनीति हुनसक्छ ।
एप्पलको पुरानो आइफोन फाइभ एस, आइफोन सिक्स र सिक्स प्लसको मूल्य समेत घटाएको छ । एप्पलले तीनवटै मोडलको १ सय अमेरिकी डलर कटौती गरेको हो ।

आइफोन सिक्स एस र सिक्स एस प्लसको अर्डर अमेरिकामा सेप्टेम्बर १२ देखि सुरु हुँदैछ । केही देशमा २५ सेप्टेम्बरमा सुरु हुनेछ ।
आइआइफोन सिक्स एसको मूल्य दुई वर्षको कन्ट्याक्टसहित १९९ अमेरिकी डलर र सिक्स प्लसको मूल्य दुई वर्षको कन्ट्याक्टसहित २९९ अमेरिकी डलर हुने अनुमान गरिएको छ । यसवर्षको अन्त्य सम्ममा आइफोन १३० देशमा उपलब्ध हुने जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी