Skip to content
LAXMI SUNRISE BANK

रुक्माङगतको (गोप्य अडियो), मधेसका नेता कहाँका हुन? रक्तपातको योजनाबारे यस्तो खुलासा

अर्थ सरोकार

पूर्वप्रधानसेनापति रुक्माङगत कटवालले मधेसी नेताहरुको आन्दोलन विदेशी शक्तिको चलखेलमा भएको दावी गरेको अडियो सार्वजनिक भएको छ ।

नेपाल देश डटकमले सार्वजनिक गरेको एक अडियो टेपमा नेपाली नेपालीलाई आपसमा लडाएर मार्नका लागि मधेसमा प्रदर्शन भएको उनले बताएका छन् । नेपालमा रक्तपात मच्चाउन संघीयताको विषय विदेशीको रुचिमा आएको समेत उनले बताएका छन् । पाँच विकास क्षेत्र र चौध अञ्चल सबैले मान्दै आएको र राजाले बनाएको भएर सबैले मानेको पनि उनको अडियोमा सुन्न सकिन्छ । सबै जातजाति र धर्माबलम्बी मिलेर बसेको अवस्थामा विदेशीको रुचिमा नेपालमा यस्तो अवस्था सिर्जना गरिएको उनको ठहर छ ।

मधेसी नेताहरुको जीवनशैलीले उनीहरु तराईवासी जनताको पक्षमा नरहेको प्रष्ट हुने संकेत कटवालले गरेका छन् । उनले भनेका छन् मधेसी नेता कहाँ बस्छन्, कहाँ खान्छन्, छोराछोरी कहाँ पढाउँछन् ?  तिनको घर कहाँ छ ?  तिनीहरुको स्वार्थ कहाँ छ ?  के तिनीहरु तराईमा बस्छन् ? तराईका जनताको कुरा लिएर तिनीहरु कराउने ?

तराईका नेताले कहिले नागरिकता लिए र उनीहरुले केके गतिविधि गर्छन् भन्ने कुराको खोजविन हुनुपर्ने तर्क उनले गरेका छन् । मधेसी नेताहरु मधेसमा नबस्ने गरेको र उनीहरुको सुख दुःखमा सहभागी नभएका नेताहरुले मधेसको अधिकारको कुरा गर्नु व्यर्थ भएको कटवालको भनाइमा बुझिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK