
हालै भारतले लगाएको अघोषित नाकाबन्दीका बारेमा सेतोपाटीले केही फिल्मकर्मीसँग सोधेको छ,- भारतीय हस्तक्षेपबारे के भन्नुहुन्छ?हेरौ उनीहरूका भनाईहरू।
केदार घिमिरे ‘माग्नेबुढो’, हाँस्यकलाकार
श्रीमतीसँग बोल्दा पनि इन्टरनेटबाट बोल्नुपर्ने बेला भइसकेको थियो। नाकाबन्दीले दुरी घटाइदियो। भारतले हाम्रो भाइचारा अझै मजबुत बनाइदियो। त्यसैले मोदी भाञ्जालाई (नाता लगाइदिउँ न, दशैं आउँदै छ नि त) धन्यावाद!
नाकाबन्दीबाट नतर्सिऔं । हाम्रा हजुरबालाई चाहीँ भारतले पालेको हो र (एउटा कुरा नि)? भारतले नाकाबन्दी लगाए चीनले सहयोग गर्ला, भोलि चीनले केही गरे भारत अघि सर्ला। त्यसैले सम्बन्धलाई ब्यालेन्स गर्ने अवसर हो यो र स्वाभिमान जोगाउने अवसर पनि हो। सरकारको परनिर्भता धेरै देखिइसक्यो। अब भारतलाई पनि घुर्क्याउन सक्ने सरकार बनोस्।
प्रियंका कार्की, अभिनेत्री
भारतलाई गाली किन गर्नु? नाकाबन्दी हाम्रै कारणले भएको छ। अर्थात् हाम्राे सरकार पहिलेदेखि नै कमजाेर भएर यस्ताे भएकाे हाे । कति कमजोर रहेछ भन्ने त याे नाकाबन्दीबाट बुझिहाल्याैं नि । हाम्रा शासक पहिलेदेखि नै मजबुत भएको भए हामीले यो अवस्था भोग्नुपर्दैनथ्यो। आत्तिन, गाली गर्नुभन्दा अहिलेको समस्याको विकल्प खोजौं । खाना खान होस् या यात्रा गर्दा सहयोग गरौं। भारतलाई बहिष्कार गर्नु झन् घाटा हुन्छ। खान, लगाउन, नुहाउनमा सबै भारतीय साम्रगी नै प्रयोग गरिरहेका छौं । रिसले आफूलाई मुर्खको परिचय दिनुभन्दा जसरी हो बाँचौं। समस्याको जञ्जाल त रहि नै रहन्छ नि! आशा गरौं नाकाबन्दी धेरै दिनसम्म पनि हुनेछैन।
निश्चल बस्नेत, फिल्म निर्देशक
समाचारले नै ‘कन्फ्युजन’ बढाइरहेको छ । उताबाट नाकाबन्दी होइन भन्ने हामी नाकाबन्दीमा पिल्सिने । निकायले स्पष्ट कुरा खोलोस्। धेरै दिनसम्म त नहोला तर नेपाल–भारतको सम्बन्ध ‘रङ वे’ तिर गइरहेको छ । हामीले यो कुरा सजिलै बिर्सन सक्दैनौं। हामीले हाम्रो बाटो राम्रो नबनाएकाले नै यसो भएजस्तो लाग्छ।
काम गरेपनि नगरेपनि भरोसा गर्ने नेताहरुलाई नै हो। उहाँहरुले अरुलाई भन्दा नेपाली जनतालाई सम्बोधन गरुन् । अनि हामी जनताले पनि सोच परिवर्तन गर्नैपर्छ। कोही मधेशी देख्नेबित्तिकै भारतीय या यस्तै तुच्छ गाली नगरौं। मधेशी दाजुभाइले पनि सुधारौं। हुन त यस्तो हुनुमा राज्यकै दोष हो। सरकार कानुन बनाउन कमजोर भएन तर, चेतना फैलाउनमा कमजोर भएर यस्तो भएको हो। ब्लगमा आक्रोश फैलाउने झुठा समाचार कसैले पनि नफैलाऔं।
रेखा थापा, अभिनेत्री
समस्या छ । सबैलाई थाहा छ । म पनि रामप्यारीको सुटिङमा छु। यहाँ काम गर्ने मजदुरलाई पैसा दिनुपर्छ। उनीहरुलाई नि गाह्रो छ हामीलाई पनि । तर, पनि नआत्तिऔं। यो समस्या धेरै दिनसम्म न नजाला नि। केही राम्रो हुन नराम्रो भोग्नुपर्छ भनिन्छ। यो समस्या पनि सायद त्यस्तै होला र आशा गरौं राम्रो दिन ल्याउला।
आक्रोशमा बस्ने बेला होइन यो। लचकता, संयमता र धैर्यता सबैले अपनाऔं। सामाजिक सञ्जालमा तुच्छ गाली गरेर नबसौं। नेपालीको पहिचान अरूलाई गिराउने होइन। आफैं सक्षम र पौरखी बन्ने हो। यो नाकाबन्दीलाई पौरख गर्ने अवसर मानौं। हामी अहिलेसम्म अरुको भरमा बाँचेका थियौं, अब स्व–निर्भर बन्ने प्रयास गरौं।
जीवन लुईंटेल, अभिनेता
म यो राजनीतिक कुरामा कसरी बोलौं? जेजस्तो भएपनि जीवन त घिस्रिँदै चल्छ। नेतृत्वले अब राम्रो काम गरोस्। नाकाबन्दी लामो समय लम्बियो भने कसरी बाँच्ने भन्नेमा मैले गहिरिएर सोचेको छैन।
युवराज चौलागाईं, गायक
अत्याचार भएकै हो । मोदीले पहिलेचाहीँ भाइभाइ भनेर सन्देश दिए। अहिले नाकाबन्दी गरे। कसरी भन्ने वर्णन गर्नै सकिन्न। आक्रोशमा नबसौं। हामी पूर्वयोजनामा साह्रै कमजोर रहेछौं। अब खान र यात्रा गर्दा मितव्ययी बनौं। आज हामी भारतका लागि काम नलागेपनि भोलि त काम लाग्न सक्छौं त्यसैले सरकारले नझुकिकन वार्ता गरोस्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्