×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२७ गते निगमले निजी सवारी साधनलाई ७ लाख लिटर पेट्रोल बाँड्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२७ गते निगमले निजी सवारी साधनलाई ७ लाख लिटर पेट्रोल बाँड्ने

Artha Sarokar

२४ आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि नेपाल आयल निगमले निजी सवारी साधनलाई इन्धन दिन छाडेको  छ ।

इन्धन बाँड्न छाडेपछि उपत्यकाका सर्वसाधारण दसैंमा घर जान पाइने हो कि नपाइने हो भन्ने चिन्तामा छन् । तर चाडबाडलाई ध्यानमा राखेर निगमले पर्सि मंगलबारदेखि निजी सवारी साधनलाई पनि पेट्रोल दिने जनाएको छ ।

निगमका प्रवक्ता दीपक बरालका अनुसार मोटरसाइकल तथा कार र जिपलाई मंगलबारबाट ७ लाख लिटर पेट्रोल बाड्ने जानकारी दिए । मोटरसाइकललाई ५ लिटर र कार, जिपलाई १५ लिटर पेट्रोल उपलब्ध गराइने उनले बताए ।
 सबैभन्दा पहिला लाइनमा बस्नेलाई तेल दिने भन्दै कारणबस तेल सकिए हो हल्ला र हुलदंगा नगर्न उनले सबैसँग आग्रह गरे । नाकाबन्दीले इन्धन आयातमा कमी भएपछि  निगमले बितरणमा भारी कटौती गर्दे आएको छ ।

दैनिक साढे ३ सय किलो लिटर बितरण हुने पेट्रोल अहिले ४० देखी ५० हजार लिटर मात्रै बितरण गर्दे आएको छ । बसलाइ पनि तेल उपलब्ध गराइने निगमले जनाएके छ । बितरण हुने दिनमा निजी र सार्वजनिक सवारीका लागि छुटा छुटै पम्प तोकिने निगमको योजना छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी