भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि नेपाल आयल निगमले निजी सवारी साधनलाई इन्धन दिन छाडेको छ ।
इन्धन बाँड्न छाडेपछि उपत्यकाका सर्वसाधारण दसैंमा घर जान पाइने हो कि नपाइने हो भन्ने चिन्तामा छन् । तर चाडबाडलाई ध्यानमा राखेर निगमले पर्सि मंगलबारदेखि निजी सवारी साधनलाई पनि पेट्रोल दिने जनाएको छ ।
निगमका प्रवक्ता दीपक बरालका अनुसार मोटरसाइकल तथा कार र जिपलाई मंगलबारबाट ७ लाख लिटर पेट्रोल बाड्ने जानकारी दिए । मोटरसाइकललाई ५ लिटर र कार, जिपलाई १५ लिटर पेट्रोल उपलब्ध गराइने उनले बताए ।
सबैभन्दा पहिला लाइनमा बस्नेलाई तेल दिने भन्दै कारणबस तेल सकिए हो हल्ला र हुलदंगा नगर्न उनले सबैसँग आग्रह गरे । नाकाबन्दीले इन्धन आयातमा कमी भएपछि निगमले बितरणमा भारी कटौती गर्दे आएको छ ।
दैनिक साढे ३ सय किलो लिटर बितरण हुने पेट्रोल अहिले ४० देखी ५० हजार लिटर मात्रै बितरण गर्दे आएको छ । बसलाइ पनि तेल उपलब्ध गराइने निगमले जनाएके छ । बितरण हुने दिनमा निजी र सार्वजनिक सवारीका लागि छुटा छुटै पम्प तोकिने निगमको योजना छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्