Skip to content
LAXMI SUNRISE BANK

७० वर्षीया वृद्धालाई बलात्कारपछि हत्याको प्रयास गर्ने युवक पक्राउ

अर्थ सरोकार

बनेपा  – ७० वर्षीया वृद्धालाई बलात्कार गरेर भिरबाट फाल्ने १ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको मेच्छे गाविसमा बलात्कारपछि घाँटीमा सलले बाँधेर भिरबाट खसालेको आरोपमा दोलखा घर भई मेच्छेमा ज्यामी काम गर्ने २० वर्षीय रोजन पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पाख्रिनले आफूले बलात्कार गरेर भिरबाट खसालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

उनले ती वृद्धालाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर धुलिखेल अस्पताल ल्याएको र उपचार जारी रहेको बताए ।

पक्राउ परेका पाख्रिनलाई ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी र चोरी अभियोगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK