
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजीनामा दिएका छन् । पौडेलले बिहीबार अपराहृन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।अख्तियारको पत्रपछि प्रधानमन्त्रीले उर्जामन्त्री राधा ज्ञवाली र खेलकुद मन्त्री पौडेललाई राजीनामा गराउन र राजीनामा नगरे बर्खास्त गर्न जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गराएका थिए ।
बर्खास्त गर्न लागेको जानकारी पाएपछि पौडेलले राजीनामा दिएको बताइएको छ । प्रधानमन्त्रीले राजीनामा मागेकाले राजीनामा दिएको बताए । पौडेलमाथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा केशव बिष्टलाई नियुक्त गरेकोमो अख्तियारले आपत्ति जनाएको थियो ।
यता राजिनामा नयायेपछी उर्जामन्त्री राधा ज्ञवालीलाई भने प्रधानमन्त्रीले बर्खास्त गरेको बुझिएको छ।