
पोखरा गएको एक वर्ष पनि नभईकन उनले महिला प्रहरीमाथि यौनसम्पर्क गरेको र प्रहरी कार्यालय कास्कीमा उजुरीसमेत परेपछि भट्टराईलाई कारबाही गर्ने कि स्पष्टिकरणमात्र सोध्न भन्ने दोधारमा वन्त परेका छन् । पूर्वमहानिरीक्षक वासुदेव ओलीको समयमा पनि भट्टराई यौनकाण्डमा मुछिएका थिए । त्यतिबेला उनी एसपी थिए ।
सशस्त्र प्रहरीमा सबैभन्दा मुढी स्वभावका भट्टराईले पोखरामा रहेका बेला महिला प्रहरीलाई बढुवा तथा राम्रा स्थानमा पोस्टिङ गराइदिन्छु भन्दै यौनशोषण गर्दै आएको स्रोतले जनाएको छ । नेपाल प्रहरीको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख पंकज श्रेष्ठलाई यो विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराइसकेको छ । उनीविरुद्धको उजुरीलाई त्यहाँ दर्ता नगरी सशस्त्र प्रहरी मुख्यालय हल्चोक पठाइदिएको छ । हल्चोकले यस विषयमा अध्धयन गर्न भन्दै मुल्तवीमा राखेको छ ।
समाचार स्रोतका अनुसार उनलाई मुख्यालय तानेर कारबाही गर्ने सोचमा महानिरीक्षक वन्त छन् । ऋषभदेव भट्टराई, नारायणबाबु थापा, जानकीराम भट्टराई, दुर्गा कुँवरलगायतको एउटा ग्याङ सशस्त्र प्रहरीमा अराजक समूहका रूपमा प्रचारित छ । ऋषवदेवको मृत्यु भइसकेको छ । कुँवरले अमेरिकाको पिआर लिएकाले जागिर छाडिसकेका छन् ।
चार वर्षअघि हल्चोकमै प्रहरी निरीक्षकलाई कुटपिट गरेका उनलाई सशस्त्रका तत्कालीन एआइजी सनत बस्नेतले स्पष्टिकरण सोधे पनि महानिरीक्षक बासुदेव ओलीले बचाएका थिए ।
एक वर्षअघि पोखरामै रहेका एआइजी नारायणबाबु थापाविरुद्ध एक लेखापालकी श्रीमतीले आफूलाई एसएमएसमार्फत यौनप्रस्ताव राखेको भन्दै सशस्त्र प्रहरी मुख्यालयमा उजुरी दिएपछि उनलाई मुख्यालयमा तानेर नापतौल विभागको जिम्मेवारी दिइएको समाचार तरुणले लेखेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्