×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढुवा गर्छु भन्दै सशस्त्रका डिआइजीले यौनसम्पर्क राखेपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बढुवा गर्छु भन्दै सशस्त्रका डिआइजीले यौनसम्पर्क राखेपछि…

Artha Sarokar

२२ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सशस्त्र प्रहरीका एक डिआइजीको यौनकाण्डका कारण महानिरीक्षक कोषराज वन्त यतिखेर निकै तनावमा छन् । क्षेत्रीय प्रहरी कार्यालय पोखराका डिआइजी जानकीराम भट्टराईले त्यहीँ कार्यरत एक महिला प्रहरीसँग यौन सम्पर्क राखेको तथ्य खुलेसँगै उनीमाथि कारबाहीका लागि दबाब परेपछि वन्त तनावमा परेका हुन् ।

पोखरा गएको एक वर्ष पनि नभईकन उनले महिला प्रहरीमाथि यौनसम्पर्क गरेको र प्रहरी कार्यालय कास्कीमा उजुरीसमेत परेपछि भट्टराईलाई कारबाही गर्ने कि स्पष्टिकरणमात्र सोध्न भन्ने दोधारमा वन्त परेका छन् । पूर्वमहानिरीक्षक वासुदेव ओलीको समयमा पनि भट्टराई यौनकाण्डमा मुछिएका थिए । त्यतिबेला उनी एसपी थिए ।

सशस्त्र प्रहरीमा सबैभन्दा मुढी स्वभावका भट्टराईले पोखरामा रहेका बेला महिला प्रहरीलाई बढुवा तथा राम्रा स्थानमा पोस्टिङ गराइदिन्छु भन्दै यौनशोषण गर्दै आएको स्रोतले जनाएको छ । नेपाल प्रहरीको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख पंकज श्रेष्ठलाई यो विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराइसकेको छ । उनीविरुद्धको उजुरीलाई त्यहाँ दर्ता नगरी सशस्त्र प्रहरी मुख्यालय हल्चोक पठाइदिएको छ । हल्चोकले यस विषयमा अध्धयन गर्न भन्दै मुल्तवीमा राखेको छ ।

समाचार स्रोतका अनुसार उनलाई मुख्यालय तानेर कारबाही गर्ने सोचमा महानिरीक्षक वन्त छन् । ऋषभदेव भट्टराई, नारायणबाबु थापा, जानकीराम भट्टराई, दुर्गा कुँवरलगायतको एउटा ग्याङ सशस्त्र प्रहरीमा अराजक समूहका रूपमा प्रचारित छ । ऋषवदेवको मृत्यु भइसकेको छ । कुँवरले अमेरिकाको पिआर लिएकाले जागिर छाडिसकेका छन् ।

चार वर्षअघि हल्चोकमै प्रहरी निरीक्षकलाई कुटपिट गरेका उनलाई सशस्त्रका तत्कालीन एआइजी सनत बस्नेतले स्पष्टिकरण सोधे पनि महानिरीक्षक बासुदेव ओलीले बचाएका थिए ।

एक वर्षअघि पोखरामै रहेका एआइजी नारायणबाबु थापाविरुद्ध एक लेखापालकी श्रीमतीले आफूलाई एसएमएसमार्फत यौनप्रस्ताव राखेको भन्दै सशस्त्र प्रहरी मुख्यालयमा उजुरी दिएपछि उनलाई मुख्यालयमा तानेर नापतौल विभागको जिम्मेवारी दिइएको समाचार तरुणले लेखेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी