×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेबाट को को हुँदैछन् मन्त्री ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एमालेबाट को को हुँदैछन् मन्त्री ?

Artha Sarokar

२७ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

प्रधानमन्त्री निर्वाचनको अघिल्लो दिनसम्म मेघराज नेपाली निसाधको नाम धेरैले सुनेका पनि थिएनन् । तर, उनी सोमबार पहिलो चरणमै राज्यमन्त्री नियुक्त भए । एक सिट मात्र भएका उनी कसको कोटामा कसरी नियुक्त भए होलान् ?
निसादको कथा दर्दनाक छ । उनी दुवै मिर्गाैला फेल भएर प्रत्यारोपण गरेर बसेका छन् । भक्तपुर अस्पतालमा बसिरहेका बेला उनलाई लैनचौरबाट फोन गयो, तपाईंलाई साह्रै अप्ठेरो परेको हामीलाई थाहा छ । उपचार हाम्रो जिम्मा, थप ५० लाख नगदै हुन्छ, प्रधानमन्त्रीमा सुशील कोइरालालाई मत हालिदिनुप¥यो ।’ त्यतिबेलै उनीसँग कुरा गर्न एमालेका एक नेता ठ्याक्कै त्यहीँ पुगेका रहेछन् । उनले हिन्दीमा जवाफ दिएछन्– ‘हमको मञ्जुर नही ।’ निसादले भनेछन्– ‘५० लाख त के ५० करोड दिए पनि मान्दिनँ, मेरो बुबा पनि राष्ट्रवादी नेता हुनुहुन्थ्यो, उहाँको आत्माको अपमान गर्न सक्दिनँ, म केपी ओलीलाई मत दिन्छु ।’
एमाले र एमाओवादीका नेताहरूले यस्तो कुरा सुनेपछि त्यतिबेलै मन पग्लिएको रहेछ । तराईका नेता जयप्रकाशका छोरा मेघराजलाई राज्यमन्त्री बनाउने वचन ओलीले सोमबार नै पालना गरिदिएका छन् । उनलाई राज्यमन्त्री बनाउन माधव नेपाल र पुष्पकमल दाहालले पनि जोड गरेका थिए ।
विशेन्द्र पासवानलाई राज्यमन्त्री मात्र दिने कि मन्त्री नै बनाउने भन्नेमा कुरा टुंगिएको भए उनले पनि सोमबारै शपथ लिने रहेछन् । प्रधानमन्त्री ओलीले राज्यमन्त्री खान भने पनि उनले ‘कमरेड म दुई पटक सभासद् भइसकें, मलाई फुल मन्त्री दिनूस्’ भनेका थिए । माधव नेपालको पनि आफूप्रति सहानुभूति रहेका कारण फुल मन्त्री पाउने आशामा उनले सोमबार राज्यमन्त्रीको शपथ लिएनन् ।
एमालेका पदाधिकारीबाट उपमहासचिव विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय सम्हाल्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले सोमबारै शपथ गराउन चाहे पनि अरू दलसँगको मन्त्रालय बाँडफाँट र मन्त्रीका बारेमा गृहकार्य गर्न बाँकी रहेका कारण पौडेलको शपथ भोलिलाई सरेको थियो ।
महिलालाई छुट्याएको एउटा कोटामा उदयपुरकी मञ्जु चौधरीलाई ओलीले सोमबारै साँझ ओलीले शपथ गराउन खोजेका थिए । वरिष्ठ नेता नेपालले सबै पूर्वका भए, पश्चिमको प्रतिनिधित्वमा पनि ध्यान दिनूस्, पुरानो पनि हुनुहुन्छ, श्रीमाया थकालीलाई बनाउनूस् भनेपछि ओली रोकिएको थाहा भएको छ ।
भीम रावल रोकिएको अवस्थामा बैतडीका दामोदर भण्डारीले राज्यमन्त्री पाउने आशा राखेका छन् भने दार्चुलाको गणेश ठगुन्नाको दिनरात नेताको घर धाउँदैमा बितेको छ । ओलीले भने कैलालीका मोहनसिंह राठौरलाई प्राथमिकतामा राखेको थाहा भएको छ ।
दोलखाका आनन्द पोखरेल महासचिव ईश्वर पोखरेललाई दाजु भन्दै यस पटक मन्त्री भइएन भने कसरी मुख देखाउनु भन्दै रोइकराई गरिरहेका छन् । उनी सोमबार बिहान बाग्मतीका नेता–कार्यकर्ता बटुलेर ओलीलाई बधाई दिने निहुँमा बालकोट घेर्न पुगेका थिए । दोलखाकै सोझा नेता पशुपति चौलागाईं आफू चुप रहे पनि उनका पक्षमा दह्रो लबिङ भइरहेको छ ।
उपाध्यक्ष विद्या भण्डारीले कृपासुर शेर्पाको रिस फेर्न पनि भोजपुरका शेरधन राईलाई आफ्नो एक मात्र उम्मेदवार बनाएकी छन् । कास्कीका रविन्द्र अधिकारी वामदेवले डुबाउने भए भन्दै यसपटक पनि मन्त्री भइँदैन कि भन्ने त्रासमा छन् । अर्थ समितिका सभापति प्रकाश ज्वालालाई मन्त्री बनाउन छ नम्बर क्षेत्रका सबै सांसद एकमत जस्तै छन् । उनी नभएमा मुगुका मोहन बानियाँ, दैलेखका अमर थापा वा लक्ष्मीप्रसाद पोखरेलमध्ये त्यस क्षेत्रबाट एउटाले मौका पाउने बताइन्छ ।
उता, महासचिव ईश्वर पोखरेलले आफ्नो एक मात्र प्रतिनिधिको रूपमा रसुवाका युवा सांसद जनार्दन ढकालको नाममा अडान राखेकाले नयाँबाट उनले मौका पाउने सम्भावना छ ।
प्रधानमन्त्री ओलीले युवा नेताहरूमध्येबाट पोलिटब्युरो सदस्य भानुभक्त ढकालको नाम अघि सारेको थाहा भएको छ । एकथरीले ढकाललाई अग्नि खरेलले छोडेको प्रमुख सचेतकमा लैजान सुझाव दिए पनि ढकाल स्वमय्ले तिनलाई हप्काएकाले त्यो विषय त्यत्तिकै सेलाएको समाचार बुधबार साप्ताहिकले छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी