
‘मेरो एउटा साथी छ’ देखिनै दर्शकले मन पराएका जोडि आर्यन सिग्देल र नम्रता श्रेष्ठको अर्को चलचित्र आउने भएको छ, ‘क्लासिक’ । गत वर्ष पनि उनिहरु अभिनित चलचित्र ‘नोभेम्बर रेन’ सफल भएको थियो । दिनेश राउतको निर्देशनमा सोहि युनिटले सोहि ब्यानरमा चलचित्र बनाउन लागेका हुन् ।
चलचित्र क्लासिकको शनिबारबाट छायांकन सुरु भएको छ । राजधानीको चोभारस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको शुभमुर्हत गरिएको हो ।
पहिलो दिन आर्यन सिग्देलको बाल्यकालको भूमिकामा अभिनय गर्दै गरेका बालकलाकार सुमित मानन्धर र नम्रता श्रेष्ठको बाल्यकालको भूमिकामा अभिनय गर्दै गरेकी बालकलाकार सेमिना कोईरालाको सट खिचिएको छ । गत बैशाख १५ गतेबाट चलचित्र छायांकनको तयारी भएपनि भुकम्पपछि रोकिएको थियो ।
सांगीतिक प्रेमकथामा आधारित दृष्टिबिहिन पात्रको सांगीतिक लगाब, उसको
जीवनका उतारचडाब, मायाप्रेम, त्याग इत्यादिको कथा भएको निर्माण पक्षले
बताएको छ । चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा
रहेने छन् । त्यस्तै समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले,
सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, बिश्व बस्नेत लगायतका
कलाकारको मुख्य अभिनय रहने छ । यसअघि नोभेम्बर रेनमा उत्कृष्ट संगीत भरेका
ताराप्रकाश लिम्बुकै संगीत यस चलचित्रमा पनि सुन्न पाइने छ ।
चलचित्र आउँदो भ्यालेन्टाइन डे को दिनबाट प्रदर्शन गरिने चलचित्र युनिटले
जनाएको छ । – See more at:
http://www.chakrapath.com/content/classic-movie-by-aryan-and-namrata.html#sthash.PHrJ0zYp.dpuf
क्लासिक सांगीतिक प्रेमकथामा आधारित दृष्टिबिहिन पात्रको सांगीतिक लगाब, उसको जीवनका उतारचडाब, मायाप्रेम, त्याग इत्यादिको कथा भएको निर्माण पक्षले बताएको छ । चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेने छन् । त्यस्तै समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, बिश्व बस्नेत लगायतका कलाकारको मुख्य अभिनय रहने छ । यसअघि नोभेम्बर रेनमा उत्कृष्ट संगीत भरेका ताराप्रकाश लिम्बुकै संगीत यस चलचित्रमा पनि सुन्न पाइने छ ।
चलचित्र आउँदो भ्यालेन्टाइन डे को दिनबाट प्रदर्शन गरिने चलचित्र युनिटले जनाएको छ ।