पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि बैकहरुले ग्राहकलाई दिने सेवामा कटौती गरेका छन् । बैंकहरुले इन्धन अभाव भएको भन्दै सन्ध्याकालिन बैंकिङ सेवा पुर्णरुपमा बन्द गरेका छन् भने नियमित बैंकिङ समय पनि कटौती गरेका छन् ।
बैंकहरुले लोडसेडिङको समयमा बैंकिङ कारोबार गर्न नसकिने भन्दै राष्ट्र बैंकलाई जानकारीसमेत गराएका छन् । एकातिर बिजुली नहुने र अर्कोतिर पेट्रोलियम पदार्थ पनि पाउन छाडेकाले बैंकिङ आवर घटाउन वाध्य भएको बैंकरहरुले बताए ।
बैकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार गभर्नर डा. चिरञ्जीबी नेपाललाई औपचारिक पत्र लेखेर पेट्रोलियम पदार्थको व्यवस्था मिलाइ दिन आग्रहसमेत गरेको छ ।
संघले लोडसेडिङको समयमा ग्राहकलाई सेवा प्रवाह गर्न नसकिने जानकारी पनि गभर्नर नेपाललाई लिखित रुपमा गराएको छ ।
‘अब बत्ती आएको समयमा मात्र बैंकिङ सुविधा दिन सकिन्छ । अरु बेला ग्राहकले मागेको सुविधा दिन हामी असर्थ भइसकेका छौ,’ संघका एक सदस्यले बुधबार साँझ बिजमाण्डूसँग भने । उनले ग्राहकले बैंकिङ सेवा लिन लोडसेडिङ नभएको समय मिलाएर बैंक आउनु पर्ने बताए ।
‘भएको जति सबै पेट्रोलियम पदार्थ अहिले खर्च गर्दा भोलिका दिनमा कुनै पनि सेवा दिन सकिँदैन,’ उनले भने, ‘अहिले पेट्रोलियम लोडसेडिङका बेलामा २४सै घन्टा चलाउनु पर्ने डेटा सिस्टमका लागि वाहेक खर्च नगर्ने भएका हौं ।’
बुधबारै संघको कार्यसमिति बैठक पनि बसेको थियो । बैठकले केन्द्रीय बैंकसँग पेट्रोलियम पदार्थको व्यवस्था गरिदिन आग्रह गर्ने निर्णय गरेको थियो । संघको पत्र बोकेर अध्यक्ष उपेन्द्र पौडेलले डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई पनि भेटेका थिए । उनले अधिकारीसँग पेट्रोलियमको अभावमा बैंकिङ सेवा दिन समस्या भएको गुनासो गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्