भारतले नाकाबन्दी गरेर ढुवानी रोकेपछि उत्तर छिमेकी चीनले पेट्रोलिय पदार्थ दिन चाहेको भएपनि नेपालले लिन अस्विकार गरेको खुलासा भएको छ ।
नेपालका लागि चिनिया राजदूत ऊ चुन्ताईले राखेको प्रस्तावमा प्रधानमन्त्री सुशील कोइराला र आपूर्तिमन्त्री सुनील बहादुर थापाले चिनको प्रस्ताव ठाडै अस्विकार गरेका हुन् । प्रस्तावमा एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने राजदूतको प्रस्तावमा समर्थन जनाउँदै प्रधानमन्त्री समक्ष कुरा राख्ने बताएका थिए ।
स्रोतका अनुसार चीनबाट पेट्रोलियम ढुवानी गर्दा भारत थप चिढिने भएकाले तत्काल सम्झौता हुन नसक्ने जवाफ ओली र प्रचण्डलाई प्रधानमन्त्रीले दिएका छन् ।
भारतले एक सातायता अघोषित नाकाबन्दी गरे पनि सरकारी तवरबाट त्यसबारे आधिकारिक धारणा बाहिर आएको छैन । बरु सरकारका केही वरिष्ठ मन्त्रीहरुले नै नेपालमा भारतले नाकाबन्दी नगरेको अभिव्यक्ति दिँदै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्