
सेभ द चिल्ड्रेन नामक आइएनजिओले खानेपानी आपूर्ती गर्ने पाइप अत्यन्त गुणस्तरहीन रहेको र खानेपानी पाईपको सट्टा बिजुलीको तारलाई कभर गरी वायरिङ गरिने पाइप बितरण गरेको तथ्य खुलेको हो ।
सेभ द चिल्ड्रेनले बितरण गरेको पाईप समेत बोकेर स्थानीयवासीहरु कारवाहीको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय दोलखामा धर्ना दिएका छन् । दोलखाको नाम्दु गाबिस स्थित खकालेश्वर प्राथमिक बिद्यालयका शिक्षक र अभिभाबकले सेभ द चिल्ड्रेनले दिएको पाईप सहित सहायक प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दर्ता गराएका छन् ।
उजुरी गर्न आएका प्राबिका शिक्षक दिपक तमाङले ‘१ सय मिटर पाईपमा हस्ताक्षर गर्न लगाएर ८० मिटर पाईप मात्रै वितरण गरेको बताए ।’- अभियान दैनिक