
मृत्यु हुनेमा दोदोधरा ७ कट्टीपुरका ६ बर्षीया नम्रता न्यौपाने, १० बर्षीया सिता प्याकुरेल, ७ बर्षीय शुसान्त सुनार, ६ बर्षीया दिपका प्याकुरेल, ९ बर्षिया मैना सुनार र ७ बर्षिय किरन सुनार रहेका छन् । घाईते हुनेमा ३५ बर्षिया जमुना खतीवडा र ३० बर्षीया रत्ना खतीवडा रहेका छन् ।
उनीहरु दसौका लागि घर लिपपोत गर्नका लागि उनीहरु साझ ५ बजे तिर घर छेउकै राजकुला सामुदायिक बन उपभोक्ता समुहको बनमा माटो निकाल्न गएका थिए । स्थानीय प्रहरीले जेसिबी लगाएर पुरिएका वालबालीकालाई निकालिएको थियो ।
घटनास्थलमा मृतकको तत्काल प्रहरी र स्थानीयबासीले उद्धार गरिएको थियो । घाईते हुनेमा जमुना र रत्नालाई थप उपचारका लागि बाकेको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज लगिएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।