×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तान र चीन मिलेर भारतमाथि आक्रमण योजना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पाकिस्तान र चीन मिलेर भारतमाथि आक्रमण योजना

२९ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)का पूर्व अधिकारी ब्रुस राइडलले लेखेको नयाँ पुस्तकले सन् १९६२ मा चीन-भारत युद्धका बीच पाकिस्तान चुप बस्न कस्मिर मागेको खुलासा गरेको छ । यही कस्मिरको आधिपत्यका कारणले यतिबेला पनि भारत र पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्ध छ । युद्धमा भारत गल्दै गएपछि पाकिस्तानले भारतमाथि आक्रमण गर्ने सम्भावना बढेर गएको र अमेरिकाले त्यसलाई रोक्न भूमिका खेलेको समाचारमा जनाइएको छ ।

राइडलले तीस वर्षसम्म सीआइएसँग काम गरेका थिए । उनी चार जना अमेरिकी राष्ट्रपतिका सुरक्षा सल्लाहकार थिए । उनले लेखेको पुस्तक ‘जेएफकेज् फर्गटन क्राइसिसः टिबेट, सीआइए एन्ड सिनो–इन्डो वार’मा चीन–भारत युद्धरत अवस्थामा पाकिस्तान पनि युद्धमा आउन उद्धत रहेको जनाइएको छ । दुईतिरबाट आक्रमण भएको अवस्थामा भारत ध्वस्त हुने थियो भन्ने उनको आँकलन छ ।

राइडलले अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले यस्तो अवस्थामा पाकिस्तानी आक्रमण रोक्न निर्णायक भूमिका खेलेको बताएका छन् । उनका अनुसार केनेडी र बेलायती प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनले पाकिस्तानलाई युद्धमा नजान चेतावनी दिएका थिए । भारतमाथि आक्रमण गरे चीनले झैँ युद्धको सुरुवात गरेको मानिने र त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

पाकिस्तानले यो लडाइँ चीन र भारतबीचको सीमायुद्ध भएको मान्थ्यो भने अमेरिका र बेलायतले यसलाई शीतयुद्ध र कम्युनिज्मसँग जोडेर हेरेका थिए । उनीहरुले कम्युनिस्ट देशले लोकतान्त्रिक देशमाथि हमला गरेको रुपमा यस आक्रमणलाई लिएका थिए । त्यो बेलाका भारतस्थित अमेरिकी राजदूत जोन गेलब्रेथले पाकिस्तानी सैन्य शासक अयुब खान भारत आक्रमण गर्न लालायित थिए । यसलाई रोक्न अमेरिकी राष्ट्रपति केन्नेडीले चिठ्ठी लेखी आक्रमण नगर्न सुझाव दिएका थिए । यसको जवाफमा अयुब खानले कस्मिरमाथि पाकिस्तानको अधिकार हुनुपर्ने र कस्मिर मामिलामा अमेरिकाले भारतलाई सम्झाउनु पर्ने शर्त राखेका थिए ।

राइडल गेलब्रेथले आफ्नो डायरीमा लेखेका छन्, ‘अमेरिका र पाकिस्तानले दबाब दिएर भारतलाई कस्मिर पाकिस्तानलाई फिर्ता दिनुपर्ने अयुब खानको चाहना थियो । लडाइँका बेला चीनले भारतका कतिपय जमिन कब्जा गरेको थियो । त्यस्तै पाकिस्तानले पनि कस्मिर पाउनुपर्ने दाबी गरिरहेको थियो ।’

क्युबामा रुसी मिसाइल संकटमा जुझिरहेका बेला भारत र चीनको लडाइँ भएको थियो । त्यो बेला भारत र चीनको समस्या वासिङ्टनको चासोमा कमै थियो । यस्तो अवस्थामा भारतस्थित अमेरिकी दूत गेलब्रेथका धारणा नै केनेडीका एक मात्र भरपर्दो व्यक्ति थिए । राजदूत गेलब्रेथ भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुका निकटका व्यक्ति मानिन्थे र त्यो बेला उनका सल्लाहकार भनेर समेत चिनिएका थिए ।

पाकिस्तानी सैनिक शासक अयुब खानले केनेडीलाई भारतमाथि आक्रमण गर्ने वा नगर्ने विषयमा कुनै आश्वासन नदिए पनि अमेरिकाले पाकिस्तानलाई जानकारी नदिई चीनविरुद्ध प्रयोग गर्ने गरी हतियार दिएकोमा चित्त नबुझेको बताएका थिए । – नागरिक दैनिक

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: