×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहमतीय सरकार बन्दैन : देउवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सहमतीय सरकार बन्दैन : देउवा

Artha Sarokar

१७ आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि राष्ट्रपतिले आग्रह गरेअनुसार सात दिनभित्र राष्ट्रिय सहमतिको सरकार नबन्ने संकेत गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । यसअघि दलबीच राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता पदमा भागबन्डा नभएको भन्दै उनले सहमति जुटाउन सक्ने दलको नेताको नेतृत्वमा सरकार बन्ने बताएका छन् । ‘दलबीच कुनै भद्र सहमति भएको थाहा छैन । पूर्ण सहमति कहीँ पनि हुँदैन । अधिकतम् सहमति गर्ने हो । जसको नाममा सहमति हुन्छ, उही प्रधानमन्त्री बन्छ,’ संविधान घोषणाको खुसीयाली र दसैँ, तिहार, छठ पर्वको शुभकामना आदान–प्रदान गर्न नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा देउवाले भने ।

उनले प्रधानमन्त्रीमा आफ्नो चर्चा भएकोबारे आफैँलाई थाहा नभएको बताए । ‘चर्चा हो कि हल्ला मलाई नै थाहा छैन,’ उनले भने । यद्यपि सरकारका विषयमा सभापति सुशील कोइरालासँग छलफल गर्न बाँकै नै रहेको उनले बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी