
काठमाडौं– नेपाली कांग्रेसले मधेसी दलसहितका साना दलहरुलाई फकाउन एमालेमाथि गम्भीर आरोप लगाएको छ ।
प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा कांग्रेस सभापति सुशील कोइराला रहेको र उनको पक्षमा माहौल बनाउन मधेसी सहितका साना दललाई रिझाउन कांग्रेसले महिला, आदिवासी, जनजाति, दलित, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, पिछडिएको वर्ग लगायतका समुदायबाट उठाइएका प्रमुख मुद्दाहरुको सम्बोधन गर्न एमालेले असहयोग गरेको आरोप लगाएको छ ।
अपील पत्रमा वर्तमान समयमा मुलुकमा देखा परेको राजनीतिक ध्रुवीकरणले राष्ट्र र समाजको तात्कालीन र दीर्घकालीन हित हुन नसक्ने समेत उल्लेख गरिएको छ ।
अपील पत्रमा समग्र उद्देश्य समेतका लागि सबै सहयोगी दातृ राष्ट्रहरु र अन्तराष्ट्रिय संघ–संस्थाका साथै देशको विशिष्ट अवस्थितिलाई समेत ध्यानमा राखी दुई छिमेकी मित्रराष्ट्रहरु भारत र चीनसंग हार्दिक र सन्तुलित मैत्रीपूर्ण सम्बन्ध राख्नु पर्ने यथार्थ र राष्ट्रको रक्षा गर्नका निमित्त तथा तराई, पहाड र हिमालबीच आपसी सद्भाव र समग्र राष्ट्रिय एकता कायम गर्न कोइरालाको उम्मेदवारी परेको भन्दै सहयोग गर्न आग्रह गरिएको छ ।
कांग्रेसको तर्फबाट प्रवक्ता दिलेन्द्र प्रसाद बडूले हस्ताक्षर गरेको एक अपीलपत्रमा भनिएको छ, ‘महिला, आदिवासी, जनजाति, दलित, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, पिछडिएको वर्ग लगायतका समुदायबाट उठाइएका प्रमुख मुद्दाहरु ( अन्तरिम संविधानको मान्यता अनुरुप समानुपातिक, समावेशी एवम् निर्वाचन क्षेत्र निर्धारण ) संविधान संशोधनको प्रक्रिया सम्माननीय प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालाज्यूले आफ्नो र सामूहिक प्रतिबद्धता अनुरुप मन्त्रिपरिषद्को तर्फबाट सहकर्मी एमाले पक्षको असहयोगका बाबजूद संसदमा दर्ता भईसकेको यथार्थ सर्वविदितै छ । हाल आन्दोलनरत पक्षका बाँकी जायज विषयहरु समेत वार्ता र सम्वादको निष्कर्षबाट सम्बोधन गर्न सकिने अवस्था विद्यमान रहेकोले राष्ट्रिय अखण्डताको रक्षा गर्न तथा मधेश, पहाड र हिमालको बीच सामाजिक सद्भाव र राष्ट्रिय एकता लागि दूरदृष्टि र राष्ट्रिय जिम्मेवारीका साथ अग्रसर हुन देशको वर्तमान विशिष्ट अवस्थामा नेपाली कांग्रेस देशका सम्पूर्ण राजनीतिक दलहरु, बुद्धिजीवी, पेशाकर्मी, नागरिक समाज लगायत सम्पूण आदरणीय नेपाली दिदीबहिनी दाजुभाइहरु समेतमा भावावेशमा नलागी धैर्य र संयमका साथ आपसी एकता कायम राख्न हार्दिक अपील गर्दछु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्