×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको सात अर्ब के हेरेर बसेको छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको सात अर्ब के हेरेर बसेको छ ?

Artha Sarokar

१५ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भूकम्पपीडितको सहयोगार्थ विभिन्न क्षेत्रबाट अहिलेसम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा छ अर्ब ८८ करोड सात लाख ७६ हजार आठ सय ५८ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत वैशाख १२ मा आएको भूकम्प र त्यसपछिका परकम्पले धनजनको ठूलो क्षति गरेपछि आजसम्म एक हजार दुइृ सय ३८ विदेशी दातृ निकाय, दूतावास, स्वदेशी तथा विदेशी सङ्घसंस्था, कर्मचारी, शिक्षकलगायतबाट सहयोगस्वरुप उद्धार कोषमा सो रकम जम्मा भएको हो ।

कोषमा एक करोडभन्दा बढी सहयोग गर्ने एक सय ३ दाताबाट पाँच अर्ब ७६ करोड २६ लाख १७ हजार चार सय ३९ प्राप्त भएको छ ।

यस्तै, चार सय २३ विदेशी दातृ निकायबाट तीन अर्ब ९५ करोड ४६ लाख १७ हजार १९६ प्राप्त भएको तथ्याङ्क छ ।

उक्त रकममध्ये गृह मन्त्रालयले विभिन्न समयमा रु १५ अर्ब ४० करोड १६ लाख निकासा लिएकामा अन्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयलाई ११ अर्ब ९८ करोड ७३ लाख ४६ हजार ०८६ उपलब्ध गराएको पाइएको छ ।

भूकम्पबाट पीडित, मृतकका परिवार, भत्केका घरको क्षति, औषधि खर्च, अस्थायी आवास, त्रिपाललगायतका शीर्षकमा आठ अर्ब १३ कारोड ११ लाख ७१ हजार ७१६ खर्च भइसकेको देखिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी