×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दसैंको नयाँ नोट असोज २४ बाट, एकजनाले २२ हजारसम्म साट्न पाउने

GLOBAL IME BANK

दसैंको नयाँ नोट असोज २४ बाट, एकजनाले २२ हजारसम्म साट्न पाउने

१४ आश्विन २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल राष्ट्र बैंकले दसैंका लागि असोज २४ गतेबाट नयाँ नोट उपलब्ध गराउने भएको छ। सर्वसाधारणलाई लक्षित गर्दै केन्द्रीय बैंकले राजधानीभित्र थापाथली कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट साट्ने सुविधा दिने जनाएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भने असोज १८ गतेदेखि बालुवाटार कार्यालयबाट नोट सटही सुविधा दिने छ।

‘यसपाली केन्द्रीय बैंकले सर्वसाधारणका लागि नयाँ नोटको कोटा पनि तोकेको छ,’ राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बुधबार भने, ‘प्रत्येक व्यक्तिले २२ हजार रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा पाउने छन्।’

एक जना व्यक्तिले पाँच रुपैयाँ दरको दुई प्याकेट, १० रुपैयाँ दरको दुई प्याकेट, २० रुपैयाँ दरको दुई प्याकेट, ५० रुपैयाँ दरको एक प्याकेट र १०० रुपैयाँ दरको एक प्याकेट नोट सटही सुविधा पाउने छन्। एक प्याकेटमा एक सय वटा नोट हुन्छ।

राष्ट्र बैंकले नेपाली सेना, प्रहरी, कर्मचारीका लागि छुट्टै काउन्टरको व्यवस्था मिलाएको छ। उनीहरुले असोज २४ देखि कात्तिक २ गतेसम्म यो सुविधा पाउने छन्। कर्मचारीका लागि राष्ट्र बैंकले आफूले काम गरेको सम्बन्धित कार्यालयको पत्र ल्याएर औचित्यका आधारमा नयाँ नोट सटही सुविधा दिने छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: