×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मापसेमा पर्दा मान्य’ज्यू झण्डै….

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मापसेमा पर्दा मान्य’ज्यू झण्डै….

Artha Sarokar

२७ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

संविधान जारी भएको खुशियालीमा मापसे गरी हिँडेका एक सभासद् ढिस्कोबाट लडेर घाइते भएका छन् । नक्सालस्थित पूर्वकलाकार तैयव साहको तबेला रेष्टुरेण्टमा जमघटपछि डेरा फर्किएका सिन्धुली–२ का सांसद मोहन बरालले यस्तो नियति भोग्नुपरेको हो । १५ वर्ष रक्सी पिउन छाडेका उनले अघिल्लो मंगलबार सेतो रम, पुदिनाको पात, बरफ र चिनी मिसाएर मोजितो पिएका थिए । लामो अन्तरालपछि गुलियो मिसाएर खाँदा झ्याप्प हुने भइहाल्यो । त्यहाँबाट दाङका सांसद दीपक गिरीले कोटेश्वरसम्म लगेर छाडिदिए र सरिता प्रसाईंसँग बूढानीलकण्ठतर्फ लागे । तर, मेरो घर यहीँ त हो नि भन्दै लोकन्थलीतर्फ पैदल लागेका माननीय बराल डाँडाको रोडबाट १५ मिटर तल नालीमा धसारिए जसले गर्दा गालामा चोट छ भने चस्मा पनि फुटेको छ । त्यही बाटो घर फर्कंदै गरेका पत्रकार मकर श्रेष्ठले अँध्यारो नालीमा घोप्टो परेका सांसदलाई देखेपछि बल्ल प्रहरीले घटनाबारे थाहा पाएको हो । त्यहाँबाट पनि उठेर अर्धबेहोसीको हालतमा घर पुगेका उनलाई परिवारले उपचारार्थ नर्भिक अस्पताल पु¥याएको थियो । सांसदको फोनसेट अहिलेसम्म पनि भेटिएको छैन भने गोजीको ९ हजार सही सलामत पाइएको छ । कांग्रेसले यसलाई सांघातिक आक्रमणको संज्ञा दिए पनि अर्थ मन्त्रालयअन्तर्गत कार्यरत सांसदका भाइले चाहिँ यो विशुद्ध नशाको उपज हो भनेका छन् । यसबीच डा. रामशरण महतले जातेजाते भरमार हेरफेर गरेका छन् । उपसचिवबाट बढुवा हुनासाथ ठूला करदाता कार्यालयको जिम्मेवारी भेटेका शंकर खरेललाई मन्त्रालयको प्रशासन हेर्ने काममा खटाएका छन् । प्रशासन प्रमुख तथा कांग्रेसनिकट कर्मचारी संघका अध्यक्ष डिल्ली शिवाकोटीलाई अख्तियार लागेपछि उनैका उपाध्यक्ष खरेललाई अर्थमा पनि उत्तराधिकारी तोकिएको हो । १ नम्बर कर कार्यालय बबरमहलमा कार्यरत शोभाकान्त पौडेललाई ठूला करदाता सेवा कार्यालयमा पु¥याएका छन् । असोज मसान्तसम्म बाबुराम श्रेष्ठको पदावधि रहँदा रहँदै वाणिज्य बैंकका अध्यक्ष रेवतबहादुर कार्कीलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा लगेका छन् । यसैगरी, शिक्षा सेवा आयोग, गरिबी निवारण कोषको सञ्चालक समिति, विद्यार्थी वित्तीय सहायता कोषमा पनि ४ वर्षे नियुक्तिका निम्ति दाउ हेरिँदै छ । २२ भाइ भ्रष्टाचारी भनेर अख्तियारद्वारा डामिएका रामकृष्ण तिवारी र पुरी थरका पियनले ज्ञानेन्द्र ढकाललाई राजस्व अनुसन्धान पथलैयाका निम्ति नियुक्ति दिलाएर लगेका छन् । १ नम्बर कर कार्यालयमा चन्द्रकला पौडेल, २ नम्बरमा बल्लबल्ल अर्जुन पोखरेल, राजस्व अनुसन्धान विभागको प्रमुखमा रामशरण चिमोरिया र उपप्रमुखमा अर्थका प्रशासन प्रमुख निर्मलहरि अधिकारीलाई लगिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी