×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजेन्द्र महतोको नागरिकता खारेज गरी जेल किन नहाल्ने ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राजेन्द्र महतोको नागरिकता खारेज गरी जेल किन नहाल्ने ?

२७ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

मधेसमा दुई महिनादेखि आन्दोलन चलिरहेको छ । आन्दोलनको नेतृत्व संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरिरहेको छ ।

मोर्चाको अधिकांश नेतृत्वकर्ता अंगीकृत नागरिकता लिएका व्यक्ति छन् । जस्तो सुरुमै आउँछ राजेन्द्र महतो । जो सदभावना पार्टीका अध्यक्ष हुन् । कर्मचारीहरुसँग ‘सेटिङ’ मिलाएर महताले २३ वर्ष अगाडि नागरिकता लिएको चर्चा छ । जबकी उनले नेपाल छिरेको १ वर्षभित्र नागरिकता लिएका थिए । नेपालको कानुन अनुसार २० वर्ष बसेकाले मात्रै नेपालको नागरिकता पाउने प्रावधान छ ।

यसरी नागरिकता पाएको छोटो समयमै महतो मन्त्री समेत भए । करोडौंको सम्पत्ति कमाए । घर गाडि बंगला थुपारे । उनै महतो अहिले मधेसलाई अलग राज्य बनाउन माग गर्दै आन्दोलन छन् । अगाडिको नारामा मधेसीको अधिकार प्राप्ती भनिएपनि उनको मुख्य उद्देश्य भनेको मधेसलाई अलग राज्य बनाएर राज गर्ने रहेको उनकै पार्टीका नेताहरुको बुझाइ छ ।

आन्दोलनमा उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्रराय यादवपनि मुख्य नेता हुन् । तर यी भन्दा पनि ‘उग्र’ नेता राजेन्द्र महतो हुन् । उनले भारतको प्रत्यक्ष सहयोग पनि लिइरहेको कुरा नौलो होइन् । अरु नेताहरुले आन्दोलनलाई लचिलो बनाएर वार्ता गर्न खोजेपनि महतो मानिरहेका छैनन् । मंगलबारको उदाहरण मात्रै हेर्दा मधेसी नेताहरु महतोकै निर्देशनमा चलिरहेको देखिन्छ । मधेसी नेताहरुले दशैतिहारलाई लक्षित गरी आन्दोलन फिर्ता लिने तयारी गरिरहेका बेला एक्कासी महतोले फोन गर्दा त्यो निर्णय फेरियो । आन्दोलन यथावत राख्ने निर्णय गरियो । महतोले आम नेपाली जनताको खुसी देख्न नचाहेको कुरा यहीबाट प्रष्ट हुन्छ । पहिलो कुरा त भारतबाट आएर नेपालको अंगीकृत नागरिकता लिएर नेपालीलाई नै दुःख दिने काम गरे ।

दोस्रो भनेको मधेसकै कतिपय नागरिकको रोजीरोटी पनि खोसे बन्द अड्ताल गरेर । नचाहँदा नचाहँदैपनि मधेसी जनतालाई आन्दोलनमा लाग्न बाध्य पारियो । महतोले नै ५० लाखको प्रलोभन देखाए । जसका कारण ४० जनाले आन्दोलनका नाममा ज्यान गुमाए । भारतबाट आएर नेपालमै आन्दोलनको नेतृत्व गरेर ५० लाखको प्रलोभन दिएर ४० जनाको ज्यान लिनु दोस्रो मुख्य घटना भयो ।

यी घटनापछि धेरै नेपाली जनताहरु राजेन्द्र महतोको नागरिकता खारेज गरी जेल हाल्नुपर्ने निष्कर्षमा पुगेका छन् । मधेसकै कतिपय जनताले राजेन्द्रको नागरिकता खारेज गरी आजीवन जेल हाल्नुपर्ने माग गरिरहेका छन् । महोत्तरीका राजु यादवले मधेस आन्दोलनमा सबै नेता अंगीकृत नागरिकताधारी भएको दाबी गर्दै एक/एकको छानविन गरी जेल हाल्न माग गरे । उनले मधेसी जनताको रोजीरोटी खासेर गरिएको आन्दोलनले आफूहरुको जनजीवन अस्तव्यस्त बनाएको गुनासो गरे । मधेसी जनता पछाडी परेको भन्दै जायज माग पुरा गरी आफ्नो स्वार्थमा मधेसी जनताको रगत चुस्ने नेतालाई जेल हाल्नुपर्ने उनको भनाई छ । ‘मधेसी जनताको रगतमा खेल्ने नेताहरुको नागरिकता खारेज गरी हतकडी लगाउनुपर्छ,’ उनले भने- ‘भारतलाई देखाउन अब चीनसँग सम्बन्ध जोड्नुपर्छ ।’

बीरगञ्जका प्रदीप झाले भारतीय सुरक्षाकर्मीको सहयोगमा नाकाबन्दी गरेर अढाई करोड नेपाली जनतालाई दुःख दिने अंगीकृतधारी मधेसी नेताको नागरिकता खारेज जेल हाल्नुपर्ने धारणा राखे । सवाल जवाफ कार्यक्रममा सहभागी हुँदै उनले मधेसी समुदायका जायज माग पुरा गर्नुपर्ने तर आन्दोलनका नाममा अराजकता फैलाउनेलाई कानुनको कठघरामा उभ्याउनुपर्ने बताए ।

सवाल जवाफ कार्यक्रममा सहभागी मधेसी सभासद उमेश यादवले आन्दोलनका नाममा मधेसी मोर्चाले अराजकता मच्चाएको आरोप लगाए । अंगीकृत नागरिकताधारी नेताकै कारण अहिले मधेसमा समस्या उत्पन्न भएको उनको भनाई छ । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित एमाओवादीका सभासद यादवले अंगीकृत नागरिकता बारे निस्पक्ष छानविन आफूहरुको सरकारले गर्ने बताए । ‘मधेसी जनता पछाडी परेको छ यो यथार्थ कुरा हो । अहिले पनि पछाडी नै छ । तर, जो भारतबाट आएर अंगिकृत नागरिकता लिएर बसे तिनीहरु सत्तामा पनि पुगे,’ उनले भने । पिछडिएका मधेसी जनतालाई अधिकार दिनुपर्ने भन्दै आन्दोलनका नाममा अराजकता मच्चाउनेलाई कानुन अनुसार कारवाही गर्नुपर्ने बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: