×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाँदाजाँदै कोइरालाले करोडौं ‘दसैं खर्च’ बाँड्दै (पाउनेहरुको नामावलीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जाँदाजाँदै कोइरालाले करोडौं ‘दसैं खर्च’ बाँड्दै (पाउनेहरुको नामावलीसहित)

२१ आश्विन २०७२, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

सुशील कोइराला सरकारले जाँदाजाँदै सत्तारूढ दलका जिल्लास्तरीय प्रभावशाली नेता, पूर्व र वर्तमान सांसद, कार्यकर्ता र वरिष्ठ नेताका आफन्तलाई ‘दसैं खर्च’ का रूपमा ठूलो रकम धमाधम बाँड्न थालेको छ ।

सरकारले आर्थिक सहायता वितरणसम्बन्धी कानुन, नियमावली, निर्देशिकालगायतको उल्लंघन गर्दै दसैंको पूर्वसन्ध्यामा रकम बाँड्न थालेको हो । गम्भीर रोग लागेको व्यक्तिलाई स्वदेशी या विदेशी अस्पतालमा उपचार गर्दा लागेको खर्चमात्र सरकारले दिन सक्ने कानुनी व्यवस्था छ । उक्त कानुनी व्यवस्थाबाहिर गएर सरकारले हचुवामा आर्थिक सहायता वितरण गर्न पाउँदैन ।

सरकारले सत्तारूढ कांग्रेस, एमालेका प्रभावशाली नेता र मन्त्रीको सिफारिसमा पूर्व र वर्तमान सांसद, प्रभावशाली कार्यकर्ता र आफन्तलाई रकम वितरण सुरु गरेको हो ।
सरकारले मन्त्रिपरिषदका पुराना निर्णयको माइन्युटमा छिराएर करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता बाँडिसकेको छ । बिहीबार बस्ने बैठकको निर्णयमा पारेर थप सयौंलाई एकदेखि १० लाख रुपैयाँका दरले रकम बाँडिँदै छ ।

राष्ट्रपति रामवरण यादवले सहमतिमा नयाँ प्रधानमन्त्री चयन गर्न संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेपछि कामचलाउ बनेको सरकारले राज्यको ढुकुटीमा यस्तो खेलवाड गरेको हो ।
सरकारले गैरकानुनी रूपमा रकम बाँडिरहँदा मुलुकले भारतबाट अघोषित नाकाबन्दी खेपिरहेको छ । त्यस्तै भूकम्पपीडित जनताको पुन:स्थापना तथा क्षतिग्रस्त संरचना पुनर्निर्माणमा कुनै उल्लेख्य प्रगति हुन सकेको छैन ।

 प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार मन्त्रालयहरूले विभिन्न जिल्लाका १ सय ७४ व्यक्तिलाई ४ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गर्न मन्त्रिपरिषद्मा सिफारिसमा गरेका छन् । सिफारिस भएकामध्ये एक करोड रुपैयाँभन्दा वितरण गरिसकिएको स्रोतले उल्लेख गरेको छ ।
स्वच्छ छविका मानिने कांग्रेस नेता सुशील कोइराला प्रधानमन्त्री भएपछि आर्थिक सहायता खासै वितरण गरिएको थिएन । अझ प्रधानमन्त्री सहायता कोषबाट समेत रकम वितरण गरिएको छैन । यतिखेर प्रभावशाली नेता र मन्त्रीको प्रभावमा परी कोइराला मन्त्रिपरिषद् निर्णयबाट आर्थिक सहायता वितरण गर्न बाध्य भएका हुन् ।

अर्थ मन्त्रालयबाट प्राप्त सूचीअनुसार १५ र १० लाख एक/एक जनालाई, ३ र ५ लाख ७/७ जनालाई, दुई लाख एक सय ५३ जनालाई, एक लाख ५० हजार ३ जनालाई र एक लाख २ जनालाई वितरण गर्न लागिएको छ । कतिपयलाई वितरण गरिसकिएको छ ।

कसले कति पाउने
१५ लाख रुपैयाँ
रजितराम पाठक, बाँके

१० लाख रुपैयाँ
शत्रुधन राउत कुर्मी, पर्सा १०

५ लाख रुपैयाँ – ७ जनालाई
रिमा नेपाली, पूर्वसभासद, रोल्पा
विश्वेश्वर दाहाल, पूर्वसांसद, झापा
नारायण सिंह राजवंशी, पूर्वसांसद, झापा
वीरबहादुर सिंह, पूर्वसांसद, प्यूठान
मोतीदेवी चौधरी, पूर्वसभासद, बर्दिया
पदमसिंह विश्वकर्मा, बागलुङ 
वीरबहादुर केसी, स्याङ्जा 

३ लाख रुपैयाँ – ७ जनालाई
कुमार गुरुङ, गोरखा
हर्कबहादुर बोहरा, कञ्चनपुर
नवल सिंह रावल, कैलाली
देवी बराल, झापा
कृष्ण केसी, काठमाडौं
श्यामसुन्दर साह, महोत्तरी
ओलाङ जेलिङ रानामगर, खोटाङ

एक लाख ५० हजार रुपैयाँ – ३ जनालाई
मोहना धानुक, कैलाली
राजुकुमार श्रेष्ठ, चितवन
शान्तिदेवी श्रेष्ठ, मकवानपुर

१ लाख रुपैयाँ – २ जनालाई
चोमनाथ तिम्सिना, कास्की
पूर्णबहादुर कसेरा, रुकुमका आश्रित परिवारलाई

२ लाख रुपैयाँ १ सय – ५३ जनालाई
मीनबहादुर ऐर, कञ्चनपुर 
शारदादेवी विक, कञ्चनपुर 
दीपसिंह बोहरा, डडेलधुरा 
विष्णुराज भट्ट, डडेलधुरा 
सूर्यबहादुर शाही, कैलाली
नन्दकुमार महर्जन, ललितपुर
इन्द्रकुमारी महरा चमार, सर्लाही
भुवनसिंह कुँवर, इलाम
निश्चल महर्जन, ललितपुर
हरिभक्त बस्नेत, खोटाङ
गोपालप्रसाद मरासिनी, स्याङ्जा
कौरा बुण, कालिकोट
हरिकृष्ण शर्मा, कास्की
केदारनाथ फुयाल, नुवाकोट
धनश्याम बराल, कास्की
सन्जित बन्जरा, काभ्रे
बाटुली पौडेल, कास्की
सानुकान्छा तामाङ, सिन्धुपाल्चोक
सिन्धु उप्रेती, काठमाडौं
रामशरण बस्नेत, गोरखा
रामचन्द्र फुयाल, नुवाकोट
सूर्य गिरी, पर्वत
वसन्त अधिकारी, कास्की
तपीय दराई, चितवन
कान्छो बस्नेत, काठमाडौं
राजेन्द्रसिं रावल, कञ्चनपुर
प्रेमराज सिंखडा, कालिकोट
रुपनी चौधरी, सुनसरी
गंगा लामिछाने, पर्वत
प्रेम पौडेल, पर्वत
केदार विष्ट, काठमाडौं
हुकुमबहादुर विक, प्यूठान
अशोक यादव, सिरहा
महेशप्रसाद पन्त, कञ्चनपुर
देवी जिसी, प्यूठान
यज्ञराज भट्ट, कञ्चनपुर
खडकबहादुर मल्ल, कञ्चनपुर
सुन्दर राना, कञ्चनपुर
जगदीश भट्ट, कैलाली
युवराज विष्ट, प्यूठान
राधादेवी झा, बर्दिया
बुद्धिसागर उपाध्याय ढुंगाना, नवलपरासी
धर्मराज न्यौपाने, अछाम
चम्सेर सिंह घरुक, बाँके
प्रकाश लौडारी, तनहुँ
तिलक सिंह धामी, बैतडी
दिलीप प्रधान, झापा
जयबहादुर जोशी बर्दिया
परशुराम थारू, बर्दिया
प्रकाशकुमार अधिकारी, संखुवासभा
प्रमोद सुवेदी, कास्की
धनमाया सुनार, दोलखा
राजकुमार मेहता, सुनसरी
उब्दुल मियाँ, सुनसरी
साधना जोशी, कालिकोट
जगदीश बम, कालिकोट
अलि हुसेन मिया, स्याङ्जा
डम्बरबहादुर विक, स्याङ्जा
रवि खडका, दोलखा
उमा खनाल, काठमाडौं
रामलिला संग्रौला, काठमाडौं
अर्जुनकुमार खडका, उदयपुर
चेतनारायण शर्मा, बाँके
ठाकुरप्रसाद पाण्डे, दाङ
दीपबहादुर बम, कालिकोट
दीपेन्द्र गिरी, भक्तपुर
निदेश श्रेष्ठ, काठमाडौं
सुजनकुमार तामाङ, ओखलढुंगा
भूपसिंह तामाङ, ओखलढुंगा
जनकुमार परियार, गुल्मी
पोष्टराज पौडल, बागलुङ
रेखादेवी यादव, सिरहा
लक्ष्मी नारायण यादव, धनुषा
सुरज सिँजापति, डोटी
दीलबहादुर परियार, चितवन
प्रकाश खडका, पर्वत
चिजामाया दुरा, लमजुङ
केशबहादुर केसी, रामेछापा
बिना गुरूङ, गोरखा
पृथ्वी गुरुङ, गोरखा
संगीता थापामगर, रामेछाप
सीमा बस्नेत, रौतहट
सुमित्रा तामाङ, संखुवासभा
अप्सरा घिमिरे, लम्जुङ
वीरेन्द्रलाल सिंह, बाँके
सञ्जीव उराव झागड, मोरङ
प्रदीप थापामगर, काठमाडौं
सन्तोष देवकोटा, काठमाडौं
विष्णुप्रसाद शर्मा, बाँके
शान्ता पोखरेल दाहाल, काठमाडौं
नरेन्द्रबहादुर सिंह, बझाङ
मनोज खडका, धनुषा
भरतबहादुर कार्की, खोटाङ
केदारप्रसाद पुडासैनी, नुवाकोट
प्रेमकिशोर प्रसाद शाह, धनुषा
दीपककुमार श्रेष्ठ, सुनसरी
वीरबहादुर गुरुङ, गोरखा
ढकबहादुर थापा, गोरखा
मनकुमारी गुरुङ, गोरखा
रामधन बर्मा, बाँके
सागर विक, बाँके
समिर घिमिरे, धनुषा
सञ्जय प्रकाश यादव, सिरहा
जगन्नाथ शर्मा गौडेल, बाँके
समसुल खाँ, बाँके
धनश्याम घिमिरे, बर्दिया
गुन्टु थारू, बाँके
दीपक श्रेष्ठ, सुनसरी
सुरेन्द्रबहादुर चन्द्र, बैतडी
रत्नबहादुर कार्की, सुनसरी
कालिका लम्साल, स्याङ्जा
बलराम शर्मा, स्याङ्जा
किमकला ज्ञवाली, गुल्मी
वर्षा घिमिरे, सुनसरी
पशुपति भण्डारी, कास्की
धर्मदत्त शर्मा, तनहुँ
यदुनाथ सिग्देल, नवलपरासी
मोहनीदेवी, सिरहा
भीमबहादुर विश्वकर्मा, चितवन
लाला खाँ, रूपन्देही
माधव पाण्डे, अर्घाखाँची
नन्दकुमारी विश्वकर्मा, ताप्लेजुङ
दीपबहादुर बम, कालिकोट
बलराम नेपाली, नुवाकोट
प्रजुन तिखत्री, भक्तपुर
तिर्सना राई, ओखलढुंगा
दामोदरलाल श्रेष्ठ, ललितपुर
खडबहादुर विक, भलायडाडा
राजेन्द्रप्रसाद बैज, कञ्चनपुर
प्रवीण लम्साल, पर्वत
डबलबहादुर खत्री, कैलाली
मायादेवी भण्डारी, स्याङ्जा
राबहादुर राउत, उदयपुर
अर्पणराज खरेल, चितवन
उद्धवप्रसाद नेपाल, नुवाकोट
जगत सुनार, जाजरकोट
नवीन बस्नेत, सोलुखुम्बु
पद्मा पौड्याल, कैलाली
सुरसती थरुनी, रूपन्देही
नारायण प्रसाद पहाडी, धनुषा
कृष्ण खडका, सिन्धुपाल्चोक
मोतीप्रसाद पौडेल, पर्वत
सागर अर्याल, रूपन्देही
कोयल देवान, रूपन्देही
पोष्टराज पौडेल, गुल्मी
जुनुकुमार परियार, गुल्मी
गणेशबहादुर सिंह, कञ्चनपुर

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: