Skip to content
LAXMI SUNRISE BANK

भारतसँगै अब चिनियाँ नाका बन्द गर्ने मधेसी मोर्चाको घोषणा

अर्थ सरोकार

भारतसँग जोडिएका तराईका नाकामा अवरोध गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब चिनियाँ नाका पनि बन्द गर्ने घोषणा गरेको छ ।

भारतीय नाकाबन्दीले आपूर्ति ठप्प हुँदा चीनसँग जोडिएको उत्तरतर्फको तातोपानी नाका खुलेसँगै मोर्चाले आइतबारदेखि चिनियाँ नाका बन्द गर्ने घोषणा गरेको हो । मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चिनियाँ नाका बन्द गर्न मोर्चाले तयारी गरेको बताए ।

‘अहिलेसम्म दक्षिणका बोर्डर र सरकारी कार्यालय बन्द छन्, अब उत्तरी बोर्डर पनि नाकाबन्द हुन्छ । हाम्रो तयारी पूरा भएको छ,’ उनले भने । सरकारलाई आर्थिक र राजनीतिक रुपमा असहयोग गर्ने आन्दोलन जारी रहने उनको भनाई छ ।

मोर्चाले एक सातादेखि भारतसँग सीमा जोडिएका भन्सार नाकामा धर्ना बसेर आवात जावत ठप्प पारेको छ भने भारतले नेपालमा अघोषित नाकाबन्दी नै गरेको छ । भारतीय नाकाबन्दीले आपूर्ति ठप्प भएपछि सबैको ध्यान चिनियाँ नाकातर्फ केन्द्रीत भएको थियो । शुक्रबार मात्रै चीनसँग जोडिएको तातोपानी नाका सञ्चालनमा आएको छ ।

दैनिक नेपालमा खबर छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK